२०८३ साउन २१ गते बिहीबार

कोही पनि नेता कार्यकर्ताले पार्टी विभाजन होस् भन्ने चाहेका छैनन्, विशेष महाधिवेशनले एकताको सन्देश दिन्छः नेता राणा

कोही पनि नेता कार्यकर्ताले पार्टी विभाजन होस् भन्ने चाहेका छैनन्, विशेष महाधिवेशनले एकताको सन्देश दिन्छः नेता राणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस २५ गते शुक्रबार ०३:५६

उनले आसन्न प्रतिनिधि सभा निर्वाचन नेपाली काँग्रेसका लागि ठूलो चुनौती रहेको उल्लेख गर्दै उक्त चुनौतीको सामना गर्न पार्टीभित्र आन्तरिक एकता अपरिहार्य रहेको बताए ।

पोखरा ।

नेपाली काँग्रेसका नेता उदयशमशेर राणाले पार्टीका कुनैपनि नेता कार्यकर्ताले पार्टी विभाजन होस् भन्ने नचाहेको बताएका छन् ।

शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता राणाले यस्तो बताएका हुन् । उनले आसन्न प्रतिनिधि सभा निर्वाचन नेपाली काँग्रेसका लागि ठूलो चुनौती रहेको उल्लेख गर्दै उक्त चुनौतीको सामना गर्न पार्टीभित्र आन्तरिक एकता अपरिहार्य रहेको बताए ।

उनले पार्टीका नेता कार्यकर्तालाई उग्र नभई संयमित हुन आग्रह गर्दै पार्टीभित्रको समस्या समाधान गर्न मध्यमार्गी बाटो अपनाउन समेत अपिल गरे ।

नेता राणाले विशेष महाधिवेशनलाई सफल बनाउन पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई सहयोग गर्न अपिल पनि गरे ।

उनले भने, ‘फागुन २१ गतेको निर्वाचन अगाडि पार्टीभित्र केही समस्याहरु हामीले देखेका छौँ । अब विषेश महाधिवेशनको आह्वान पनि भएको छ । पार्टी विभाजित हुने कुरामा म विश्वास गर्दिनँ । कुनैपनि काँग्रेसका नेता कार्यकर्ताले पनि काँग्रेस फुटोस् भन्ने चाहेका छैनन् । तर चुनाव अगाडि हामी सबै एउटै ठाउँमा उभिएर यो जटिल अवस्थाको सामना गर्नुपर्ने अवस्था छ । प्रतिनिधि सभा चुनाव नेपाली काँग्रेसका निम्ति एकदमै चुनौतीको रुपमा आएको छ । यसलाई फेस गर्नको लागि सबै साथिहरु एकै ठाउँमा उभिएर चुनावमा जानुपर्छ भन्ने हाम्रो धारणा हो । र म नेपाली काँग्रेसका सबै नेता र कार्यकर्ताहरुलाई धेरै उग्र भएर हामी नहिडौँ भनेर आग्रह पनि गर्न चाहान्छु । यसरी उग्र भएर राम्रो नतिजा दिँदैन । सबैले संयमित भएर यो विषेश महाधिवेशलाई सेफ ल्याण्ड गराउन जरुरी देखिएको कारणले हामीले यसको लागि मध्यमार्गी बाटो खोज्नुपर्छ । हामी सबैलाई अपिल पनि गर्न चाहन्छौँ । विषेश महाधिवेशनलाई सफल पार्नको लागि सहयोग गर्नुहोस् ।’

आईतबारदेखि हुने विशेष महाधिवेशनले एकताको सन्देश दिने जिकिर पनि गरे ।

प्रकाशित मिति २०८२ पुस २५ गते शुक्रबार ०३:५६
हजुरको प्रतिक्रिया