२०८३ असोज २४ गते शनिबार

पार्टी विभाजन हुन नदिन लागिपरेका छौँः दिलेन्द्रप्रसाद बडू

पार्टी विभाजन हुन नदिन लागिपरेका छौँः दिलेन्द्रप्रसाद बडू

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस २८ गते सोमबार १२:२२

पार्टीमा हुनुपर्ने सुधार र पुस्तान्तरणबारे पनि आफूहरुले मुद्दा उठाउँदै आएको उनले बताए । उनले अब पार्टीलाई सुरक्षित राख्न र विवादरहित ढंगले अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

पोखरा ।

नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टी विभाजन हुन नदिन आफूहरु लागिपर्ने बताएका छन् ।

सोमबार बिहान नेता डा. शेखर कोईराला पक्षधरहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टी विभाजन हुन लाग्यो र कसरी जोगाउने भन्ने चिन्ता सबैलाई रहेको बताए । महामन्त्री र संस्थापन पक्षधरहरुसँग छलफल गरेर आफूहरु अघि बढ्ने निर्णयमा पुगेको पनि जानकारी दिए ।

पार्टीमा हुनुपर्ने सुधार र पुस्तान्तरणबारे पनि आफूहरुले मुद्दा उठाउँदै आएको उनले बताए । उनले अब पार्टीलाई सुरक्षित राख्न र विवादरहित ढंगले अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

उनले भने, ‘हामी सबैको चिन्ता पार्टी विभाजन नहोस् भन्ने हो । हाम्रो कामले पार्टी विभाजित नहोस् भन्ने हो । महामन्त्रीहरुसँग पनि छलफल गरेर अघि बढ्न सुझाव दिएका हौँ । संस्थापन पक्षलाई पनि र महामन्त्री पक्षधरलाई पनि विभाजनको पक्षमा नजाऔँ भनेका छौँ । पार्टीमा हुनुपर्ने सुधार र पुस्तान्तरणको कुरामा जानुपर्छ भनेर सुझाव दिएका छौँ । अब पार्टीलाई सुरक्षित राख्न र विवादरहित ढंगले अघि बढ्नुपर्ने हुन्छ । शेखर कोईरालाले म दुवै पक्षलाई बोलाएर कुरा गर्छु भन्नुभएको छ । पार्टीलाई विभाजनको जोखिमबाट बचाऔँ ।’

उनले पार्टीलाई विभाजनको जोखिमबाट बचाउन डा. कोईरालाले दुवै पक्षका नेताहरुसँग संवाद गर्ने पनि बताए ।

प्रकाशित मिति २०८२ पुस २८ गते सोमबार १२:२२
हजुरको प्रतिक्रिया