२०८३ साउन २१ गते बिहीबार

नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र शुरु

नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र शुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस २८ गते सोमबार १२:३२

जसले पार्टीको नीति, विधान संशोधन र सम्भवतः नेतृत्व चयनको बाटो खोल्ने अपेक्षा गरिएको छ । महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी रहेको छ ।

पोखरा ।

नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गर्नुभएको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र शुरु भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनको दोस्रो दिन बन्दसत्र चरणमा प्रवेश गरेको हो ।

आईतबार उद्घाटन सत्र सम्पन्न भएपछि सोमवार बिहान १० बजेदेखि बन्दसत्र शुरु भएको छ । बन्दसत्रको शुरुवातमा विशेष महाधिवेशन कार्यविधि, २०८२ पारित गरिएको छ ।

जसले पार्टीको नीति, विधान संशोधन र सम्भवतः नेतृत्व चयनको बाटो खोल्ने अपेक्षा गरिएको छ । महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी रहेको छ ।

बन्दसत्रमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनलगायतका विषयमा छलफल हुनेछ भने समूहगत बहसका लागि प्रतिनिधिहरूलाई विभाजन गरिने कार्यक्रम छ ।

पार्टी संस्थापन पक्षले यसलाई अवैधानिक भन्दै विरोध गरेको छ भने आयोजक पक्षले विधानसम्मत रहेको तर्क गरेको छ ।

बन्दसत्रका निर्णयले पार्टीको आगामी दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति २०८२ पुस २८ गते सोमबार १२:३२
हजुरको प्रतिक्रिया