२०८३ साउन २१ गते बिहीबार

भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त गर्न राप्रपाको विकल्प छैनः कमल थापा

भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त गर्न राप्रपाको विकल्प छैनः कमल थापा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस २९ गते मंगलबार ०३:२७

अहिलेको देशको संकटको मुख्य कारण संघीय धर्मनिरपेक्ष गणतन्त्र भएको उनले बताए । संघीय धर्मनिरपेक्ष गणतन्त्रलाई परिवर्तन नगरेसम्म देशलाई संकटबाट मुक्त तुल्याउन नसकिने उनले जिकिर गरे ।

पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त गर्न राप्रपाको विकल्प नभएको बताएका छन् ।

मंगलबार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।

उनले भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त बनाउने विचार र एजेण्डा बोकेर राप्रपा अघि बढिरहेको बताए ।

अहिलेको देशको संकटको मुख्य कारण संघीय धर्मनिरपेक्ष गणतन्त्र भएको उनले बताए । संघीय धर्मनिरपेक्ष गणतन्त्रलाई परिवर्तन नगरेसम्म देशलाई संकटबाट मुक्त तुल्याउन नसकिने उनले जिकिर गरे ।

उनले सर्वधर्म, समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र संघीयता होइन, केन्द्र र स्थानीय गरी दुई तहको शासन व्यवस्था रहने शासन प्रणाली कायम गरिनुपर्ने माग गरे ।

उनले भने, ‘यो भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त तुल्याउनुपर्छ । यसबारे सो स्पष्ट विचार र एजेण्डा बोकेर राप्रपा अघि बढिरहेको थियो । अहिलेको देशको संकटको मुख्य कारण संघीय धर्मनिरपेक्ष गणतन्त्र हो । जबसम्म संघीय धर्मनिरपेक्ष गणतन्त्रलाई परिवर्तन गरिँदैन । सर्वधर्म, समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र संघीयता होइन, केन्द्र र स्थानीय गरी दुई तहको शासन व्यवस्था रहने शासन प्रणाली कायम हुँदैन, तबसम्म देशलाई संकटबाट मुक्त तुल्याउन सकिँदैन । यही सन्देश बोकेर विगतमा हामी सडक, सदनमा थियौँ अब पनि हामी सडक र सदनमा रहनेछौँ । जनताको विश्वास जितेर हामी यो लक्ष्य पूरा गर्नेछौँ ।’

पूर्वअध्यक्ष थापाले राप्रपाको नेतृत्वमा सरकार बन्नसक्ने गरी सरकार बन्नेगरी मतदान गरेर जिताउन आह्वान गरे ।

मुलुकको धरातलीय यथार्थलाई हृदयंगम गर्दै राप्रपाको नेतृत्वमा सरकार बन्नसक्ने बहुमत दिन उनले आग्रह गरे ।

भ्रष्टाचार अन्त्य गरी सुशासनको माध्यमबाट सबल र समृद्ध नेपाल निर्माण गर्ने उनले जिकिर गरे ।

राप्रपाले निर्वाचन जिते हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने उनले बताए ।

प्रकाशित मिति २०८२ पुस २९ गते मंगलबार ०३:२७
हजुरको प्रतिक्रिया