२०८३ असोज २४ गते शनिबार

नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको बैठक शुरु

नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको बैठक शुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ १ गते बुधबार ०३:१५

पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको प्रभाव र सम्भावित पार्टी विभाजनको जोखिमलाई मध्यनजर गर्दै यो बैठक बोलाइएको हो ।

पोखरा ।

नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक शुरु भएको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र पार्टीभित्रको आन्तरिक विवाद मुख्य एजेण्डा रहेको छ ।

पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको प्रभाव र सम्भावित पार्टी विभाजनको जोखिमलाई मध्यनजर गर्दै यो बैठक बोलाइएको हो ।

विशेष महाधिवेशन पक्षधरहरूले केन्द्रीय समितिलाई भंग गर्ने प्रश्तावसमेत अघि सारेका छन् भने संस्थापन पक्षले नियमित महाधिवेशनको तयारीमा जोड दिँदै आएको छ ।

बैठकमा केन्द्रिय पदाधिकारी, सदस्यहरू तथा प्रदेश सभापतिहरूको उपस्थिति रहेको छ ।

वार्ताबाट पार्टी एकता कायम गर्ने प्रयास जारी रहे पनि बैठकले महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति २०८२ माघ १ गते बुधबार ०३:१५
हजुरको प्रतिक्रिया