२०८३ साउन २१ गते बिहीबार

देउवा पक्षले ग¥यो गगन थापा र विश्वप्रकाश शर्मालाई ५ वर्षको कारबाही

देउवा पक्षले ग¥यो गगन थापा र विश्वप्रकाश शर्मालाई ५ वर्षको कारबाही

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ १ गते बुधबार ०४:१७

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन–विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको हो ।

पोखरा ।

नेपाली कांग्रेसको संस्थापन समूहले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन–विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको हो ।

बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ–आफ्नो भूमिकामा फर्किन भनेको छ ।

पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै महामन्त्रीद्वयले आह्वान गरेका थिए ।

विशेष महाधिवेशन आह्वान गरेका थापा र शर्माले बन्दसत्रको हलले गरेको निर्णय नै अन्तिम निर्णय हुने भन्दै निर्वाचन समिति गठन गरि चुनावी प्रक्रिया अघि बढाएका छन् ।

पार्टी विभाजन रोक्न भन्दै विभिन्न चरणमा नेताहरू छलफलमा बसेका भए पनि सहमति नभएपछि आज बसेको केन्द्रीय समितिले थापा र शर्मालाई कारबाही गरेको हो ।

प्रकाशित मिति २०८२ माघ १ गते बुधबार ०४:१७
हजुरको प्रतिक्रिया