२०८३ असोज २४ गते शनिबार

पार्टीमा विवाद उत्पन्न भए विवाद हुनुपूर्वको बहुमत केन्द्रिय कार्यसमितिले आधिकारिकता पाउँछः खम्मबहादुर खाती

पार्टीमा विवाद उत्पन्न भए विवाद हुनुपूर्वको बहुमत केन्द्रिय कार्यसमितिले आधिकारिकता पाउँछः खम्मबहादुर खाती

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ३ गते शुक्रबार १२:०५

१६७ जनामध्ये १ सय २३ जना केन्द्रिय सदस्यहरु आफूहरुसँग रहेको बताउँदै उनले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४ को ख मा यदी विवाद उत्पन्न भए त्यस्तो सन्दर्भमा विवाद हुनु भन्दा पूर्वको केन्द्रिय कार्यसमितिको बहुमत छ, त्यसले निर्वाचन चिन्ह, पार्टी र झण्डा प्राप्त गर्दछ भन्ने व्यवस्था स्पष्ट व्यवस्था रहेको बताए ।

पोखरा ।

नेपाली काँग्रेस निर्वाचन समितिका संयोजक खम्मबहादुर खातीले काँग्रेस पार्टीको अद्यावधिकका लागि गगन थापा पक्षको काँग्रेसलाई अधिकार नै नरहेको बताएका छन् ।

शुक्रबार निर्वाचन आयोगमा पार्टीको आधिकारिता दाबी लागि पुगेका काँग्रेस नेताहरुसँगको आयोगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले विशेष महाधिवेशनमा हस्ताक्षर गर्नेहरु विशेष महाधिवेशनबाट बाहिरियाँै भनेर हस्तक्षरसहित फर्र्किएको बताए ।

उनले आयोगले संविधान, प्रचलित ऐन, कानून, निर्वाचन ऐन,राजनीतिक दलसम्बन्धी ऐनको विपरित नहुने गरी निर्णय लिनेमा विश्वस्त रहेको बताए ।

१६७ जनामध्ये १ सय २३ जना केन्द्रिय सदस्यहरु आफूहरुसँग रहेको बताउँदै उनले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४ को ख मा यदी विवाद उत्पन्न भए त्यस्तो सन्दर्भमा विवाद हुनु भन्दा पूर्वको केन्द्रिय कार्यसमितिको बहुमत छ, त्यसले निर्वाचन चिन्ह, पार्टी र झण्डा प्राप्त गर्दछ भन्ने व्यवस्था स्पष्ट व्यवस्था रहेको बताए ।

उनले भने, ‘विशेष महाधिवेशनमा जुन प्रतिनिधिहरुले सही गरेका थिए, उनीहरुले फिर्ता भएर आउनुभएको प्रमाणसहितको कागजात बुझाएका छौँ । संविधान, प्रचलित ऐन, कानून, निर्वाचन ऐन,राजनीतिक दलसम्बन्धी ऐनको विपरित नहुने गरी निर्णय लिनुहुनेछ भन्ने विश्वास छ । भ्र्रमपूर्ण रुपमा जुन प्रचारप्रसारहरु बाहिर आएको छः निर्वाचन आयोगले सत्यतथ्यमा आधारित भएर र प्रमाण कागजहरुको मूल्यांकन गरेर जुन निर्णय गर्नुपर्नेछ, त्यसमा हाम्रो प्रतिवाद गर्नुपर्ने अवस्था बाँकी नै छ । अद्यावधिकको नाममा जुन दर्ता ५१ को प्रयोग गरेर यहाँ आएको छ, सिंगो नेपाली काँग्रेसको ट्रुथ अफ मेजोरेटी अहिलेसम्म यसमा रही रहेको कुरा जगजाहेर छ । १६७ जनामध्ये झन्डै १२३ जनाको सही अहिले पनि छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४ को ख मा यदी विवाद उत्पन्न भएमा त्यस्तो सन्दर्भमा विवाद हुनु भन्दा पूर्वको केन्द्रिय कार्यसमितिको बहुमत छ, त्यसले निर्वाचन चिन्ह, पार्टी र झण्डा प्राप्त गर्दछ भन्ने व्यवस्था स्पष्ट छ । हामी ढुक्क छौँ । मिडियाले के भन्यो त्यो महत्वपूर्ण कुरा होइन, संविधान, ऐन कानूनले जे भन्छ, त्यो कुरा महत्वपूर्ण हो ।’

उनले विशेष महाधिवेशन पक्षधरहरुको महाधिवेशन प्रतिनिधिको संख्या ५१ प्रतिशत पनि नपुगेको बताए ।

विधान विपरित गएर अधिवेशन बोलाइएको उनको भनाइ छ ।

प्रकाशित मिति २०८२ माघ ३ गते शुक्रबार १२:०५
हजुरको प्रतिक्रिया