२०८३ असोज २४ गते शनिबार

निर्वाचन आयोग अगाडी गगन थापा नेतृत्वको काँग्रेसको धर्ना

निर्वाचन आयोग अगाडी गगन थापा नेतृत्वको काँग्रेसको धर्ना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ३ गते शुक्रबार ०२:४७

आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली काँग्रेसको विधान र आयोगको विगतका नजिरका आधारमा निर्णय गर्ने जवाफ दिएको थियो ।

पोखरा ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली काँग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा धर्ना दिएको छ ।

शुक्रबार दिउँसो गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका नेताहरुले आयोगको अगाडी धर्ना दिएका हुन् । आयोग अगाडी नेताहरु पलेँटी कसेर धर्नामा बसेका छन् ।

शुक्रबार बिहान काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले आफूहरु आधिकारिक भएको दाबी आयोगमा निवेदन दिएका थिए ।

आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली काँग्रेसको विधान र आयोगको विगतका नजिरका आधारमा निर्णय गर्ने जवाफ दिएको थियो ।

हाल गगन थापा समूह आफूलाई आधिकारिक घोषणा गर्न दबाब दिन आयोगमा धर्ना बसेको हो । थापा समूहले बिहीबार केन्द्रिय कार्य समिति अद्यावधिक गर्न निवेदन दिएको थियो ।

प्रकाशित मिति २०८२ माघ ३ गते शुक्रबार ०२:४७
हजुरको प्रतिक्रिया