२०८३ साउन २१ गते बिहीबार

संस्थापन पक्षले पनि गगन थापाको नेतृत्वलाई स्वीकार गरेर काँग्रेस अघि बढ्नुको विकल्प छैनः सुनिल शर्मा

संस्थापन पक्षले पनि गगन थापाको नेतृत्वलाई स्वीकार गरेर काँग्रेस अघि बढ्नुको विकल्प छैनः सुनिल शर्मा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ४ गते शनिबार ०३:१४

नेता शर्माले संस्थापन पक्षका नेताहरुलाई सभापति थापा, उपसभापति शर्मालगायतका नेताहरुले मिलाएर लैजाने विश्वास समेत व्यक्त गरे । उनले आगामी निर्वाचनमा काँग्रेस एक्लैले लडने र बहुमत प्राप्त गरी सभापति थापा प्रधानमन्त्री बन्ने दाबी समेत गरे ।

पोखरा ।

नेपाली काँग्रेसका नेता नेता डा. सुनिल शर्माले गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई स्वीकार गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवफ दिने क्रममा उनले निर्वाचन आयोगले आधिकारिकता दिलाएको काँग्रेसको नयाँ नेतृत्वलाई स्वीकार गरेर संस्थापन पक्षका नेताहरु पनि अघि बढ्नुको विकल्प नरहेको जिकिर गरेका हुन् ।

उनले संस्थापन पक्षको उत्पीडनका कारण विशेष महाधिवेशन हुन गएको र त्यसले चयन गरेको नयाँ नेतृत्वलाई मिलाएर लैजाने दायित्व नवनिर्वाचित सभापति थापाको दायित्व रहेको समेत बताए ।

नेता शर्माले संस्थापन पक्षका नेताहरुलाई सभापति थापा, उपसभापति शर्मालगायतका नेताहरुले मिलाएर लैजाने विश्वास समेत व्यक्त गरे । उनले आगामी निर्वाचनमा काँग्रेस एक्लैले लडने र बहुमत प्राप्त गरी सभापति थापा प्रधानमन्त्री बन्ने दाबी समेत गरे ।

गगन थापालाई प्रधानमन्त्री बनाउनका लागि आफूहरु लाग्ने नेता शर्माको भनाई थियो ।

उनले भने, ‘यो भेला जुन भयो नि । त्यो अधिकांश मानिसहरु उत्पीडितथिए । स्पेसल्ली यो गत ५ वर्ष भित्रमा नहुनुपर्ने धेरै कुराहरु काँग्रेस पार्टी भित्र भएका थिए । संस्थापनमा नलागेका साथीहरुलाई उत्पीडनमा राखिएको थियो । टिकट वितरणमा ठूलो चलखेल हुन्थ्यो । यी विविध कुराहरुले गर्दा पबलिकले पनि, आम नागरिकले पनि र क्याडरले पनि चेन्जेज चाहेको थियो । त्यो चेन्जको यो एउटा परिणाम हो । अव यसलाई सबैले स्वस्कार जाने र पार्टीलाई मिलाएर जाने बाहेक अर्को विकल्प छैन । पार्टीलाई मिलाउनु पर्छ दुवै पक्षका नेताहरुले । अहिले पार्टी फुटेको होइन । अधिवेशन भयो । यो भ्यालिड भईसक्यो । अब अधिवेशनप्रति असन्तुष्ट राख्ने साथीहरुलाई जो अधिवेशनबाट सभापति गगनजी, विश्वप्रकाशजीहरुलगायतका साथीहरुले मिलाउनु हुन्छ । मिलाउनु पर्छ । लोकतन्त्रमा गुट स्वभाविक हुन्छ । लोकतन्त्रमा प्रतिस्पर्धाहरु त स्वभाविक हुन नि त । प्रतिस्पर्धा नै भएन भने त कम्युनिष्ट सिष्टम भईहाल्यो नि । त्यसकारण लोकतन्त्रमा प्रतिष्पर्धालाई सामान्य रुपमा लिनुपर्छ । विधि र विधान भित्र रहेर प्रतिस्पर्धा हुनुपर्छ । अहिले यो निर्वाचन आयोगले जे दिएको छ । त्यसलाई स्विकार गरेर जाने बाहेक अर्को विकल्प छैन । त्यो मिलाएर लिएर जानुपर्छ । झगडा पर्दा, टसल हुँदा कसले के भन्यो, त्यो अलग कुरा हो । आजबाट परिस्थिति चेन्ज हुन्छ । नेताहरु सबै विवेकशील हुनुहुन्छ । बुद्धिमान हुनुहुन्छ । जो अहिले डिलरसिपमा आउनु भएको छ । उहाँहरु बुद्धिमान हुनुहुन्छ । जो वर्षौसम्म पार्टी सत्ता चलाएर बस्नु भएको छ । उहाँहरु पनि बुद्धिमान हुनुहुन्छ । सबैले आफ्नो इगो त्याग्ने, काँग्रेसलाई एकढिक्का बनाएर लैजाने । आगामी निर्वाचनमा काँग्रेससँग ठूलो प्रतिस्पर्धा नै हुँदैन । अब हामी स्विप गरिहाल्छौ नि । अव सबै गाउँ छिर्ने हो । ढयाक ढयाक पारेर मेजरिटी ल्याउने हो । देउवा पक्ष ओलीसँग मिल्न जानु हुन्छ जस्तो मलाई लाग्दैन । नेपाली काँग्रेस पार्टी गठबन्धनको पक्षमा जाँदैन । सिंगल चुनाव लडछ । २६५ वटै ठाउँमा हाम्रा उम्मेदवारहरु हुन्छन् । मलाई लाग्छ–हामी मेजरिटी ल्याउँछौ । मलाई के लाग्छ भने नयाँ आएको टिम हाम्रा दाईहरु हुनुहुन्छ, अव हिजो भएको मिस्टेक अब हुँदैन होला । अहिले गठबन्धन हुन्छ जस्तो मलाई लाग्दैन । अबको मेजरिटीसहितको प्रधानमन्त्री गगन थापा बन्नुहुन्छ भन्ने नै हो । त्यसमा दुविधा छैन, बनाउने हो ।’

नेता शर्माले काँग्रेस विभाजित नभएको र अब त्यसभित्र विवाद जाने जाने ठाउँ नभएको पनि बताए ।

प्रकाशित मिति २०८२ माघ ४ गते शनिबार ०३:१४
हजुरको प्रतिक्रिया