२०८३ साउन २१ गते बिहीबार

पार्टीलाई देउवाको अभिभावकीय भुमिकाको खाँचो छः काँग्रेस

पार्टीलाई देउवाको अभिभावकीय भुमिकाको खाँचो छः काँग्रेस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ४ गते शनिबार ०३:१७

पार्टीलाई अझ बढी बलियो बनाउन आ–आफ्नो तहबाट महत्वपूर्ण योगदान पु¥याउन सबैसँग आग्रह गरिएको प्रवक्ता चालिसेले जानकारी दिए । पार्टीले निर्वाचन केन्द्रित गतिविधि सञ्चालन गर्न लागेको पनि उनले जानकारी दिए ।

पोखरा ।

नेपाली काँग्रेसले शेरबहादुर देउवाको अभिभावकीय भुमिकाको खाँचो रहेको बताएको छ ।

शनिबार बानेश्वरमा बसेको काँग्रेसको केन्द्रिय समितिको बैठकले देउवाको अभिभावकिय भुमिकामा बस्न आग्रह गरेको हो ।

काँग्रेसका प्रवक्ता देवराज चालिसेले काँग्रेसलाई देउवाले पु¥याएको योगदान र नेतृत्वको उच्च मूल्यांकन गर्दै आभार व्यक्त गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले आगामी दिनमा पार्टीलाई देउवाको अभिभावकिय भुमिका निरन्तर रहिरहने विश्वास गरेको पनि बताए । बैठकले निवर्तमान केन्द्रिय कार्यसमिति र अन्य नेताहरुलाई पार्टीको काममा फर्किन आग्रह समेत गरेको छ ।

पार्टीलाई अझ बढी बलियो बनाउन आ–आफ्नो तहबाट महत्वपूर्ण योगदान पु¥याउन सबैसँग आग्रह गरिएको प्रवक्ता चालिसेले जानकारी दिए । पार्टीले निर्वाचन केन्द्रित गतिविधि सञ्चालन गर्न लागेको पनि उनले जानकारी दिए ।

निर्वाचनको लागी छोटो समय रहेकोले निर्वाचनसम्बन्धी काम गर्नको लागी तत्कालै संसदीय वोर्डको बैठक बस्ने उनले बताए । बोर्डको बैठक बसेर उम्मेद्वार छनौट लगायतका काम गर्ने उनले जानकारी दिए ।

पार्टी अहिले निर्वाचनमा केन्द्रित भएको पनि उनको भनाइ छ ।

उनले भने, ‘उहाँले नेपाली काँग्रेसलाई पु¥याउनुभएको योगदान र दिनुभएको नेतृत्वको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय गरेको छ । उहाँको आगामी दिन हाम्रो पार्टीलाई उहाँको अभिभावकिय भुमिका निरन्तर रहिरहनेछ भन्ने विश्वास र आग्रहको साथ आजको बैठकले उहाँलाई अनुरोध र आग्रह गरेको छ । सम्मान पनि गरेको छ । त्यसैगरि निवर्तमान केन्द्रिय कार्यसमितिका साथीहरु र हाम्रा अग्रज नेताहरुलाई पनि पार्टीको यो घडीमा पार्टीलाई अझ बढी बलियो बनाउन, ईतिहासको जस्तै काँग्रेस पार्टी बनाउनको लागि आ–आफ्नो तहबाट महत्वपूर्ण योगदान पु¥याउनुहुनेछ भन्ने विश्वास बैठकले गरेको छ । यी विशेष निर्णय हुन् आजका यी बाहेक हामीले आजदेखि निर्वाचन केन्द्रित गतिविधि सञ्चालन गर्न लागेका छौँ । किनभने हामीसँग छोटो समय छ । छोटो समयमा धेरै टाढाटाढाका साथीहरुको निर्वाचनसम्बन्धी निर्णय लिनुपर्नेछ । उम्मेद्वार छनौट गर्नुपर्नेछ । पार्टीको संसदीय बोर्डको बैठक हामी तत्कालै आजैदेखि बस्नेछौँ र चाँडो भन्दा चाँडो काम गर्नुपर्ने भएको हुनाले अहिले हामी काममा बढी केन्द्रित छौँ ।’

उनले निर्वाचन आयोगले काँग्रेसको विधान र संविधानअनुसार नै आफूहरुलाई आधिकारिकता प्रदान गरेकोले मुद्दामामिला नलाग्न अर्को पक्षलाई आग्रह पनि गरे ।

शेरबहादुर देउवा पक्षका नेताहरुले शनिवार नै बैठक बसी आयोगको निर्णय विरुद्धमा सर्वोच्च जाने निर्णय गरेका थिए ।

प्रकाशित मिति २०८२ माघ ४ गते शनिबार ०३:१७
हजुरको प्रतिक्रिया