२०८३ साउन २१ गते बिहीबार

कालिञ्चोकमा बढ्दै भारतीय र बंगलादेशी पर्यटक

कालिञ्चोकमा बढ्दै भारतीय र बंगलादेशी पर्यटक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ४ गते आइतबार ०४:२७

दोलखा — जिल्लाकै मुख्य पर्यटकीय क्षेत्र कालिञ्चोक भारतीय र बंगलादेशी पर्यटकको रोजाइमा पर्न थालेको छ । अंग्रेजी नयाँ वर्ष मनाउन कालिञ्चोकका २० प्रतिशत होटल भारतीयले बुक गरिसकेका छन् । बंगलादेशबाट समेत कालिञ्चोकका होटलमा बुकिङ...

दोलखा — जिल्लाकै मुख्य पर्यटकीय क्षेत्र कालिञ्चोक भारतीय र बंगलादेशी पर्यटकको रोजाइमा पर्न थालेको छ । अंग्रेजी नयाँ वर्ष मनाउन कालिञ्चोकका २० प्रतिशत होटल भारतीयले बुक गरिसकेका छन् । बंगलादेशबाट समेत कालिञ्चोकका होटलमा बुकिङ इन्क्वायरी आइरहेको होटल व्यवसायी हरी ओलीले जानकारी दिए । ‘नयाँ वर्ष मनाउन कालिञ्चोकका होटलमा भारतीय पर्यटकले बुकिङ गर्न थालेका छन्,’ उनले भने, ‘अहिले २० प्रतिशत जति कोठा भारतीयबाट बुकिङ भएको छ, नयाँ वर्ष नजिकिँदै गर्दा यो बढ्न सक्छ ।’

दोलखाको कालिञ्चोकको कुरी उपत्यका । तस्बिर- केदार शिवाकोटी

कालिञ्चोकमा मंसिरमा मात्रै ३ हजारभन्दा बढी भारतीय पर्यटक पुगेका छन् । भारतको उत्तर प्रदेश र बिहार राज्यबाट पर्यटक कालिञ्चोक घुम्न आउने गरेका छन् । मुम्बई र दिल्लीबाट समेत कालिञ्चोक आउनेहरू उत्तिकै छन् । मंसिरमा ७५ भन्दा बढी बंगलादेशी पर्यटक कालिञ्चोक घुम्न आएको होटल व्यवसायी बताउँछन् । फूलबारी राजमार्ग प्रयोग गरेर झापाबाट बंगलादेशी पर्यटक कालिञ्चोक आउने गरेको उनीहरूको भनाइ छ । कालिञ्चोकमा आन्तरिक पर्यटकको चहलपहल पनि राम्रै छ ।

पछिल्लो समय कालिञ्चोकमा भारत र बंगलादेशबाट पर्यटक आउने गरेको कालिञ्चोक केबलकारका निमित्त प्रमुख सन्देश शिवाकोटीले बताए । केबलकार चढ्नेको संख्या अहिले प्रतिदिन एक हजार हाराहारी रहेको उनले जानकारी दिए । यसमा १५ प्रतिशत पर्यटक भारतीय रहेको उनले बताए । कालिञ्चोकमा केबलकार चढ्न, मन्दिर दर्शन गर्न र हिउँ खेल्दै दृश्यावलोकनका लागि पर्यटक पुग्ने गरेका छन् ।

प्रकाशित मिति २०७८ पुस ४ गते आइतबार ०४:२७
हजुरको प्रतिक्रिया