२०८३ असोज २४ गते शनिबार

काँग्रेस–एमालेलाई कमजोर बनाउन प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय शक्तिहरुसँग मिलेमतो छः महेश बस्नेत

काँग्रेस–एमालेलाई कमजोर बनाउन प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय शक्तिहरुसँग मिलेमतो छः महेश बस्नेत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ४ गते शनिबार ०४:२७

सचिव बस्नेतले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएर कानून विपरित काम गरेको जिकिर गर्दै त्यसलाई काँग्रेस र एमालेमाथिको प्रहारको रुपमा आफनो पार्टीले लिएको जिकीर समेत गरे ।

पोखरा ।

नेकपा (एमाले)का सचिव महेश बस्नेतले नेपाली काँग्रेसको विभाजनमा प्रधानमन्त्री सुशीला कार्की आफँै संलग्न रहेको आरोप लगाएका छन् ।

शनिबार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो आरोप लगाएका हुन् ।

सचिव बस्नेतले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएर कानून विपरित काम गरेको जिकिर गर्दै त्यसलाई काँग्रेस र एमालेमाथिको प्रहारको रुपमा आफनो पार्टीले लिएको जिकीर समेत गरे ।

उनले प्रधानमन्त्री कार्की र अन्तर्राष्ट्रिय शक्तिहरुले काँग्रेसलाई विभाजन गरेर रवि लामिछाने जस्तालाई बलियो बनाउने कुकर्म गरिरहेको समेत बताए ।

उनले भने, ‘जुन ढंगले सेटिङको आधारमा एक घण्टाको अन्तरालमा निर्वाचन आयोगले जे निर्णय ग¥यो । त्यो बेठिक ग¥यो भन्ने शेरबहादुर देउवाजीहरुले जे भन्नुभएको छ । त्यो कुरामा हाम्रो पनि समर्थन छ । र काँग्रेसको विभाजन भनेको लोकतन्त्र माथिको प्रहार हो । काँग्रेस र एमाले जस्तो शक्तिलाई कमजोर बनाउने र रवि लामिछाने जस्ता बलियो बनाउने कुरामा सुशीला कार्की लगायतका अन्तर्राष्ट्रिय शक्तिहरु जुन ढंगले लागेका छन् । यो निकै गम्भिर विषय हो भन्ने हाम्रो निष्कर्ष हो । यसलाई हामीले धेरै गम्भिरताका साथ हेरेका छौँ ।’

सचिव बस्नेतले सरकारविरुद्ध पार्टीले आन्दोलन गर्नुपर्ने अवस्था आउने चेतावनी समेत दिए ।

प्रकाशित मिति २०८२ माघ ४ गते शनिबार ०४:२७
हजुरको प्रतिक्रिया