२०८३ साउन २१ गते बिहीबार

शोक प्रश्ताव पारित गरेर सकियो राष्ट्रिय सभाको चालु अधिवेशनको पहिलो बैठक

शोक प्रश्ताव पारित गरेर सकियो राष्ट्रिय सभाको चालु अधिवेशनको पहिलो बैठक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ५ गते आइतबार १२:०३

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराए ।

पोखरा ।

शोक प्रश्ताव पारित गर्दै राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

आइतबार सिंहदरबारमा बसेको चालु अधिवेशको पहिलो बैठक शोक प्रश्ताव पारित गरेको सकिएको हो ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराए ।

साथै राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रश्ताव प्रश्तुत गरेका थिए । प्रश्तावलाई सभाले सर्वसम्मत पारित गर्दै उनको निधनमा एक मिनेट मौनधारण समेत ग¥यो ।

शोक प्रश्ताव पारित भएसँगै राष्ट्रिय सभाको अर्को बैठक माघ ९ गतेका लागि बोलाइएको छ ।

प्रकाशित मिति २०८२ माघ ५ गते आइतबार १२:०३
हजुरको प्रतिक्रिया