२०८३ साउन २१ गते बिहीबार

राष्ट्रियसभाका तीन सदस्यद्वारा राजीनामा

राष्ट्रियसभाका तीन सदस्यद्वारा राजीनामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ५ गते आइतबार ०३:०२

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गरेको संसद्का प्रवक्ता एकराम गिरिले जानकारी दिए ।

पोखरा ।

राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गरेको संसद्का प्रवक्ता एकराम गिरिले जानकारी दिए ।

संघीय संसद् सचिवालयले उनीहरूको राजीनामा प्राप्त भएको जनाएको हो ।

तीनै जना राष्ट्रिय सभा सदस्यको पद छाडेर प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुँदैछन् ।

नेकपा नेता गौतम बर्दिया–१, श्रेष्ठ सर्लाही–३ र एमाले नेतृ न्यौपानेले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पदत्याग गरेका हुन् ।

उनीहरूको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो ।

प्रकाशित मिति २०८२ माघ ५ गते आइतबार ०३:०२
हजुरको प्रतिक्रिया