२०८३ असोज २४ गते शनिबार

काठमाडौं महानगरका प्रमुख बालेन दिए राजीनामा

काठमाडौं महानगरका प्रमुख बालेन दिए राजीनामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ५ गते आइतबार ०४:०४

बालेन शाह आउँदो प्रतिनिधिसभा सदस्य चुनावमा प्रतिस्पर्धा तयारीमा छन् ।

पोखरा ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह (बालेन्द्र) ले राजीनामा दिएका छन् ।

साहले महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा पत्र बुझाएको महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले जानकारी दिए ।

बालेन शाह आउँदो प्रतिनिधिसभा सदस्य चुनावमा प्रतिस्पर्धा तयारीमा छन् ।

वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका उनी नेकपा एमालेका अध्यक्ष एवं पूवप्रधानमन्त्रीको निर्वाचन क्षेत्र ‘झापा क्षेत्र नम्बर ५’ बाट प्रतिनिधिसभा निर्वाचन लड्दै छन् ।

त्यसका लागि रास्वपाले झापामा सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।

इन्जिनियर विषय अध्ययन गरी ¥यापरको छवि बनाएका बालेन २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदर भएर लोकप्रिय मत ६१ हजार ७६७ मत ल्याएर काठमाडौँ महानगरको मेयरमा निर्वाचित भएका थिए ।

उनी लौरो चुनाव चिह्न लिएर चुनावी मैदानमा थिए । उनले ०७९ जेठ १६ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै महानगरको बागडोर सम्हालेका थिए ।

प्रकाशित मिति २०८२ माघ ५ गते आइतबार ०४:०४
हजुरको प्रतिक्रिया