पोखरा ।
नेकपा (एमाले)का सचिव महेश बस्नेतले निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बहिष्कार गरेर अघि बढ्ने चेतावनी दिएका छन् ।
सभापति लामिछानेलाई सहकारी ठगको आरोप लगाउँदै उनले आसन्न निर्वाचनमा उनलाई बहिष्कार गर्ने, लखेट्ने योजनासहित एमाले अघि बढ्ने बताएका हुन् ।
आईतबार काठमाडौंमा आयोजित पार्टीको निर्वाचन केन्द्रिय विशेष जनसभामा बोल्दै सचिव बस्नेतले गरिव जनताको पक्षमा एमालेका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सहकारी अभियान शुरु गरेपनि त्यसमा ठगी गरेकाले एमालेले आगामी निर्वाचनमा त्यसलाई मुख्य एजेण्डा बनाएर जानुपर्ने अवस्था आएको जिकिर गरे ।
उनले भने,‘सहकारीको अभियन्ता मनमोहन अधिकारी हो, एमाले हो । आज त्यो सहकारी ठग ती साग बेच्ने, मकै बेच्ने, दाउरा बेच्ने ती हाम्रा आमा दिदीबहिनीहरुले जम्मा गरेको पैसा र ग्रामिण जीवनको अर्थतन्त्रलाई नाटकीय रुपमा दमन गर्ने, त्यो सहकारीलाई समाप्त गर्ने, त्यो सहकारी ठग रवि लामिछानेलाई त्यो सहकारी अभियन्ता एमाले अध्यक्ष केपी ओली । हाम्रो भोट त्यसलाई हो । सहकारी ठग रवि लामिछाने बहिष्कार । उनलाई लखेटने हो । यसपालीको आन्दोलनका एजेण्डा यही हो । १० वटा मुद्दा बोकेर हिँडेको छ । ४, ५ वटा श्रीमति लिएर हिँडेको छ ।’
सचिव बस्नेतले लामिछाने विभिन्न मुद्दामा जेलिएको भन्दै उनीलाई नेपाली जनताले निर्वाचनमा साथ नदिने समेत बताए ।
प्रकाशित मिति २०८२ माघ ५ गते आइतबार ०४:३७




