२०८३ साउन २१ गते बिहीबार

शेखर कोईराला गगन थापासँग मिलेर अघि बढ्ने सहमती भइसक्योः डा. सुनिल शर्मा

शेखर कोईराला गगन थापासँग मिलेर अघि बढ्ने सहमती भइसक्योः डा. सुनिल शर्मा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ५ गते आइतबार ०४:५३

नेता शर्माले काँग्रेस पार्टीका लागि सर्वश्वहरणमा परेको कोईराला परिवारका कुनैपनि सदस्य पार्टीलाई एकतावद्ध बनाएर लैजान जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए ।

पोखरा ।

नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले वरिष्ठ नेता शेखर कोईराला गगन थापासँग मिलेर अघि बढ्न सहमत भईसकेको दाबी गरेका छन् ।

आईतबार काठमाडौंमा आयोजित काँग्रेस शेखर कोइराला समूहको भेलामा सहभागी भएका उनले सञ्चारकर्मीमाझ सो दाबी गरेका हुन् ।

नेता शर्माले काँग्रेस पार्टीका लागि सर्वश्वहरणमा परेको कोईराला परिवारका कुनैपनि सदस्य पार्टीलाई एकतावद्ध बनाएर लैजान जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए ।

उनले वरिष्ठ नेता कोईरालाले निर्वाचन आयोगले आधिकारिता दिएको काँग्रेस र देउवा पक्षलाई एकतावद्ध बनाउन सफल हुने समेत बताए ।

नेता शर्माले भने, ‘शेखर दाईहरु गगन थापासँग मिलेर जाने कुरा अलरेडी निर्णय भइसकेको कुरा हो । के बुझ्नु होला भने–शेखर कोईरालाहरुलाई अथवा कोईराला फ्यामीलीलाई यो पार्टी फुटेको मन परेको होला ? होइन । उहाँहरुको त पार्टी बनाउन कति वर्ष जेल बसेको छ । सर्वस्वहरण भएको छ । आफ्नो सर्वस्वहरण गरेर बनाएको पार्टी आफू जलेर भएपनि शेखर कोईरालाले पार्टी बचाई दिनुहुन्छ । यसरी बुझ्नुपर्छ । पार्टी बचाउनु पर्छ । पार्टी बचाउन लागि रहनुभएको छ ।’

नेता शर्माले काँग्रेस सभापति थापा पनि पार्टीलाई एकतावद्ध बनाएर लैजाने लागि परेको बताए ।

उनले निर्वाचनमा विजयी हुनलाई पनि काँग्रेसका सबै समूह गगन थापा नेतृत्वमा एकताभएर अघि बढ्नुको विकल्प नरहेको समेत बताए ।

प्रकाशित मिति २०८२ माघ ५ गते आइतबार ०४:५३
हजुरको प्रतिक्रिया