२०८३ असोज २४ गते शनिबार

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको ८९ लाख १७ हजार मतपत्र छपाई सकियो

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको ८९ लाख १७ हजार मतपत्र छपाई सकियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ६ गते सोमबार ११:५८

आयोगले उपलब्ध गराएको विवरण अनुसार अब १ करोड १९ लाख १३ हजार मतपत्र छपाई हुन बाँकी छ । यस्तै, अहिलेसम्म २० हजार ८ सय ३० बाकस बराबरको मतपत्र भने प्याकिङ भइसकेको छ ।

पोखरा ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाई भइसकेको छ ।

निर्वाचन आयोगले भक्तपुरमा रहेको जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाई गरिरहेको छ ।  पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार मतपत्र छपाई भएको थियो ।

आयोगले कूल २ करोड ८ लाख ३० हजार मतपत्र छपाई गर्ने लक्ष्य राखेको छ । कूल मतदाता भन्दा केही प्रतिशत बढी मतपत्र छपाई गर्नुपर्ने आयोगले जनाएको छ ।

आयोगले उपलब्ध गराएको विवरण अनुसार अब १ करोड १९ लाख १३ हजार मतपत्र छपाई हुन बाँकी छ । यस्तै, अहिलेसम्म २० हजार ८ सय ३० बाकस बराबरको मतपत्र भने प्याकिङ भइसकेको छ ।

अब १४ हजार ४ सय २० बाकस बराबरको मतपत्र प्याकिङ गर्न बाँकी छ ।

केन्द्रले १० लाख ९८ हजार दुई सय थान मतपत्र भने नमूनाका रुपमा आयोगमा पठाइसकिएको जनाएको छ ।

प्रकाशित मिति २०८२ माघ ६ गते सोमबार ११:५८
हजुरको प्रतिक्रिया