२०८३ साउन २१ गते बिहीबार

यी हुन् नेकपाले गण्डकीमा टिकट दिएका उम्मेदवारहरू

यी हुन् नेकपाले गण्डकीमा टिकट दिएका उम्मेदवारहरू

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ६ गते सोमबार ०२:०७

पोखरा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गण्डकीका १८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारकाे टुंगो लगाएको छ । नेकपाले उम्मेदवारलाई नै बोलाएर टिकट थमाएको हो । जसअनुसार गोरखा–१ मा हरिराज...

पोखरा ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गण्डकीका १८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारकाे टुंगो लगाएको छ ।

नेकपाले उम्मेदवारलाई नै बोलाएर टिकट थमाएको हो । जसअनुसार गोरखा–१ मा हरिराज अधिकारी (कुमार) उम्मेदवार बनेका छन् भने २ बाट बौद्धिक नेता लेखनाथ न्यौपाने पक्का भएका छन् ।

तनहुँ–१ मा विद्यानाथ ढकाल र २ बाट सोमबहादुर थापा तथा लमजुङमा हरिजङ तामाङले टिकट पाएका छन् । प्रायः लमजुङबाटै चुनाव लडिरहेका देव गुरुङ यसपालि मनाङ जाने भएका छन् ।

कास्की–१ बाट राजकाजी गुरुङ (करण), २ बाट हेमबहादुर थापा (किरण) काे टुंगाे लागेकाे छ भने क्षेत्र नं. ३ बाट प्रेम पौडेलकाे चर्चा छ, यद्यपि उनको नाम टुंगिन बाँकी रहेको नेकपा गण्डकी अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् । पर्वतबाट पूर्वपत्रकार मनहरी तिमिल्सिना उम्मेदवार बनेका छन् भने म्याग्दीबाट अर्जुन थापा उम्मेदवार बनेका छन् । बागलुङ–१ बाट कृष्ण केसी र २ बाट ज्ञामनाथ गैह्रे उम्मेदवार बन्दा मुस्ताङमा ङुटुक गुरुङलाई छानिएको छ ।

स्याङजा–१ बाट शैलेन्द्र घिमिरेले टिकट पाउँदा २ बाट पदम विक छानिएका छन् । नवलपुर १ मा लोक प्रसाद भुर्तेल र २ बाट गणेशमान महतो उम्मेदवारका रूपमा टुंगिएका छन् ।

प्रकाशित मिति २०८२ माघ ६ गते सोमबार ०२:०७
हजुरको प्रतिक्रिया