पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले रास्वपाले संघीयतालाई अझ बलियो बनाएर लैजाने बताएका छन् ।
जनपुरधाममा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रदेशको काम अझ राम्रो र बलियो बनाउने आफूहरुको उद्देश्य रहेको बताए ।
जनकपुर मधेस प्रदेशको राजधानी भएपनि अधिकारका लागि काठमाडौं धाउने गरेको आफूले देखेको र महानगरको प्रमुख हुँदा मुकदर्शक मात्रै बनेको उनले बताए ।
काठमाडौं अधिकार माग्न नभइ घुम्न मात्रै जाने स्थिति निर्माण आफूहरुले गर्ने उनले उल्लेख गरे ।
उनले भने, ‘म जनकपुर आएपछि धेरैले भने राष्ट्रिय स्वतन्त्र पार्टीको संघीयताप्रतिको धारणा के हो ? प्रदेश अझै बलियो बनाउँछौँ । प्रदेशको काम अझ राम्रो बनाउनेछौँ । जनकपुर प्रदेशको राजधानी हो । काठमाडौं कामका लागि किन धाउने ? संघीयतालाई अझ बलियो बनाउने गरी हामी लाग्नेछौँ । काठमाडौं अधिकार माग्न जाने होइन, घुम्न जाने हो । अधिकार माग्नका लागि काठमाडौं जानुपर्ने बाध्यता हटाउनुपर्छ ।’
उनले चार वर्ष काठमाडौं महानगरपालिकाको मेयर भएर काम गर्दा भषण दिने फुर्सद नभएको बताए ।
प्रकाशित मिति २०८२ माघ ६ गते सोमबार ०५:०५




