२०८३ असोज २४ गते शनिबार

कास्की- २ मा आफ्नै उम्मेदवार फेर्न रास्वपाका १० वडा सभापतिकाे पत्र

कास्की- २ मा आफ्नै उम्मेदवार फेर्न रास्वपाका १० वडा सभापतिकाे पत्र

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ६ गते सोमबार ०९:२९

पोखरा । रास्वपाले कास्की-२ काे प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चयन गरेकाे उम्मेदवार अयाेग्य र अलोकप्रिय भएकाे भन्दै साेही क्षेत्र अन्तर्गतका वडा सभापति एवं सदस्यहरूले आपत्ति जनाउँदै पार्टी केन्द्रीय कार्यालयमा पत्र पठाएका...

उम्मेदवार नफेरे विद्रोह गर्ने चेतावनी

पोखरा ।

रास्वपाले कास्की-२ काे प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चयन गरेकाे उम्मेदवार अयाेग्य र अलोकप्रिय भएकाे भन्दै साेही क्षेत्र अन्तर्गतका वडा सभापति एवं सदस्यहरूले आपत्ति जनाउँदै पार्टी केन्द्रीय कार्यालयमा पत्र पठाएका छन् ।

भूगोल बुझेको र पार्टीमा योगदान गरेको योग्य व्यक्ति हुँदाहुँदै अयोग्य व्यक्तिलाई टिकट दिइएको उनीहरूको आरोप छ । अन्तुष्ट पक्षले पार्टीको निर्णय इमानदार र सक्रिय सदस्यहरूको भावना विपरीत भएको बताउँदै उम्मेदवार फेर्नुपर्ने माग राखेका छन् ।

रास्वपाले कास्की–२ मा पूर्व पत्रकार उत्तम पौडेललाई टिकट दिएको छ ।

सभापति रवि लामिछानेबाट कास्की २ काे टिकट बुझ्दै पाैडेल

उनीहरूले उम्मेदवार नफेरे विद्रोह गर्ने चेतावनीसमेत दिएका छन् । ‘पार्टीका इमानदार सक्रिय निःस्वार्थ सदस्यहरूको भावना विपरीत हार निश्चित हुने उम्मेदवार हामीलाई स्वीकार नभएको जानकारी गराउँदछौँ,’ पत्रमा भनिएको छ ।

क्षेत्र नम्बर २ का ११ वडामध्ये अधिवेशन भएका १० वडाका सभापतिहरू टिकट दिइएको उम्मेदवारका विरुद्ध लागेका छन् । पोखरा–१६ का पूर्वसभापति जीवन बहादुर बस्नेत, पोखरा महानगर–२१ का सभापति पवित्रमणि अधिकारी, वडा नम्बर ७ का सभापति ज्ञानेन्द्र सुवेदी, वडा नम्बर ३ का सभापति प्रकाश बास्तोला, वडा नम्बर १७ का सभापति नुर बहादुर विश्वकर्मा, वडा नम्बर १५ का सभापति पुस्कल ढकाल, वडा नम्बर ११ का सभापति नवराज लामिछाने, वडा नम्बर ८ का सभापति कृष्णमान दुसाजु, वडा नम्बर २० का सभापति दिपेश पौडेल, वडा नम्बर १६ का सभापति विश्वबन्धु थापा र वडा नम्बर ३३ का सभापति दिनेश आचार्यले संयुक्त पत्र पठाएका हुन् ।

महानगर सचिव नरेश रेग्मी र वडा सदस्यहरूले पनि उक्त मागमा ऐक्यवद्धता जनाएका छन् । यो क्षेत्रबाट नेताहरू माधव कँडेल, योगेन्द्र केसी, अशोक खड्का लगायतले दाबी गरेका थिए ।

प्रकाशित मिति २०८२ माघ ६ गते सोमबार ०९:२९
हजुरको प्रतिक्रिया