२०८३ साउन २१ गते बिहीबार

राष्ट्रिय सभालाई कामकाजी, उपलब्धिमूलक र जन भावना अनुरुप संचालन गर्न सबै पक्षको सहयोग आवश्यकः नारायणप्रसाद दाहाल

राष्ट्रिय सभालाई कामकाजी, उपलब्धिमूलक र जन भावना अनुरुप संचालन गर्न सबै पक्षको सहयोग आवश्यकः नारायणप्रसाद दाहाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ १० गते शुक्रबार ०२:०९

अध्यक्ष दाहालले भने,‘सबै राजनीतिक दलहरुले १९ औ अधिवेशनलाई कामकाजी, उपलब्धिमूलक, जनताको भावना र अपेक्षा अनुरुप सभा सञ्चालनमा आवश्यक सल्लाह र सहयोग हुनेनै छ भन्ने अपेक्षा लिएको छु । यो हल निर्माणमा सहयोग गर्ने नेपाल सरकारलगायतका सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । सभाको गरिमा अभिवृद्धिमा आगामी दिनमा अझ व्यवस्थित भुमिका निर्वाह हुनेनै छ भन्ने आशासहित यो अघिवेशनको पूर्ण सफलताको कामना गर्दछु ।’

पोखरा ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई कामकाजी, उपलब्धिमूलक र जनताको भावना र अपेक्षा अनुसार संचालन गर्न सबै राजनीतिक दलहरुको सहयोग हुने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभाको १९ औ अधिवेशनको शुभकामना मन्तव्य दिँदै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमा अभिवृद्धिमा सांसदहरुले आगामी दिनमा अझ व्यवस्थित भुमिका खेल्नुपर्ने जरुरी रहेको समेत बताए । उनले राष्ट्रिय सभाले जनताको भावनाअनुसार कानून निर्माणमा धेरै काम गर्न आवश्यक रहेको समेत बताए ।

अध्यक्ष दाहालले भने,‘सबै राजनीतिक दलहरुले १९ औ अधिवेशनलाई कामकाजी, उपलब्धिमूलक, जनताको भावना र अपेक्षा अनुरुप सभा सञ्चालनमा आवश्यक सल्लाह र सहयोग हुनेनै छ भन्ने अपेक्षा लिएको छु । यो हल निर्माणमा सहयोग गर्ने नेपाल सरकारलगायतका सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । सभाको गरिमा अभिवृद्धिमा आगामी दिनमा अझ व्यवस्थित भुमिका निर्वाह हुनेनै छ भन्ने आशासहित यो अघिवेशनको पूर्ण सफलताको कामना गर्दछु ।’

अध्यक्ष दाहालले राष्ट्रिय सभाले सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन पनि महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए ।

प्रकाशित मिति २०८२ माघ १० गते शुक्रबार ०२:०९
हजुरको प्रतिक्रिया