२०८३ साउन २१ गते बिहीबार

विशेष महाधिवेशनपछि गगन थापा पहिलो पटक सानेपामा, कार्यकर्तामा उत्साह

विशेष महाधिवेशनपछि गगन थापा पहिलो पटक सानेपामा, कार्यकर्तामा उत्साह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ १० गते शुक्रबार ०२:३३

थापा सानेपा पुग्दा स्वागतको लागि कार्यकर्ताको ठूलो भीड लागेको थियो । उनीहरुले सभापति थापालाई स्वागत गर्दै ‘अब की बार गगन सरकार’ को नारा लगाएका थिए ।

पोखरा ।

नेपाली काँग्रेसका सभापति गगनकुमार थापा सभापति भएपछि पहिलो पटक पार्टी कार्यलय पुगेका छन् ।

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएका थापा शुक्रबार पार्टी कार्यलय सानेपामा पुगेका हुन् ।

थापा सानेपा पुग्दा स्वागतको लागि कार्यकर्ताको ठूलो भीड लागेको थियो । उनीहरुले सभापति थापालाई स्वागत गर्दै ‘अब की बार गगन सरकार’ को नारा लगाएका थिए ।

साथै उनीहरुले हर्षोल्लासका साथ सभापति थापालाई कार्यलयमा स्वागत गरेका छन् ।

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिको वैठक पनि पहिलो पटक पार्टी कार्यलयमा बस्न लागेको छ ।

उक्त बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने औपचारिक निर्णय गर्ने जनाईएको छ ।

गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको काँग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सर्वसम्मत रुपमा सभापति निर्वाचित भएका थिए ।

सभापति थापासहित पदाधिकारीले पदभार ग्रहण गरेपछि केन्द्रिय समिति बैठक बस्नेछ ।

प्रकाशित मिति २०८२ माघ १० गते शुक्रबार ०२:३३
हजुरको प्रतिक्रिया