२०८३ साउन २१ गते बिहीबार

काँग्रेस फेरि पनि पहिलो पार्टी बन्छः अर्जुनरसिंह केसी

काँग्रेस फेरि पनि पहिलो पार्टी बन्छः अर्जुनरसिंह केसी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ १० गते शुक्रबार ०३:०९

उनले पार्टीका सबैलाई समेटेर एकीकृत रुपमा अगाडी बढ्नुपर्ने बताउनुहुँदै आगामी फागुन २१ गतेहुने निर्वाचनमा फेरि पनि पहिलो दल हुने दाबी गरे । नेपाली काँग्रेस विघठित प्रतिनिधिसभाको पनि पहिलो दल हो ।

पोखरा ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनरसिंह केसीले नेपाली काँग्रेस फेरि पनि पहिलो पार्टी बन्ने बताएका छन् ।

नेपाली काँग्रेस पार्टी कार्यलय सानेपामा पत्रकारहरुसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । उनले काँग्रेसको विशेष महाधिवेशनपछि पार्टी र समग्र देशवासीमा नयाँ उत्साह र भरोसा सिर्जना गरेको बताए ।

उनले पार्टीका सबैलाई समेटेर एकीकृत रुपमा अगाडी बढ्नुपर्ने बताउनुहुँदै आगामी फागुन २१ गतेहुने निर्वाचनमा फेरि पनि पहिलो दल हुने दाबी गरे । नेपाली काँग्रेस विघठित प्रतिनिधिसभाको पनि पहिलो दल हो ।

उनले भने, ‘पार्टीको निम्ति र समग्र देशबासीको निम्ति उत्साह, नयाँ आशा र नयाँ भरोसा सिर्जना गरेको छ । यसलाई हामीले सबैलाई समेटेर एकीकृत रुपबाट हामी अगाडी बढ्नुपर्छ । नेपाली काँग्रेस फेरि पनि पहिलो पार्टी हुन्छौँ ।’

उनले पार्टी सभापति गगन थापा एकै निर्वाचन क्षेत्रबाट पटकपटक उम्मेद्वार हुन नहुने मान्यता राखेर सर्लाही–४ बाट उम्मेद्वार बन्नुभएको बताउनु भयो ।

यसअघि पनि थापा मधेसमा जान खाजेको भएपनि परिस्थिति नमिलेको उनले बताए ।

नेपाली काँग्रेस र लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको मधेशलाई सभापति थापाले प्राथमिकतामा राखेर त्यहाँबाट उम्मेद्वारी दिएको उनको भनाई छ ।

प्रकाशित मिति २०८२ माघ १० गते शुक्रबार ०३:०९
हजुरको प्रतिक्रिया