२०८३ साउन २१ गते बिहीबार

९ करोड बढी कारोबार गर्दै सम्पन्न भयाे १४ औं संस्करणकाे पाेखरा महोत्सव

९ करोड बढी कारोबार गर्दै सम्पन्न भयाे १४ औं संस्करणकाे पाेखरा महोत्सव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ १२ गते आइतबार ०९:१५

पोखरा । पाेखरामा जारी १४ औं संस्करणकाे पाेखरा महोत्सव सम्पन्न भएको छ । गत पुष २९ देखि आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आइतबर एक समारोहका बीच समापन गरे । समारोहमा बोल्दै मेयर आचार्यले आयाेजककाे पहलमा...

महानगरले युनाइटेड छात्रावासमा सघाउँछ- मेयर आचार्य

पोखरा । पाेखरामा जारी १४ औं संस्करणकाे पाेखरा महोत्सव सम्पन्न भएको छ । गत पुष २९ देखि आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आइतबर एक समारोहका बीच समापन गरे ।

समारोहमा बोल्दै मेयर आचार्यले आयाेजककाे पहलमा बन्दै गरेकाे युनाईटेड छात्राबासका लागि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । युनाईटेड क्लबले महोत्सवको आयोजना गरि गरिरहेको सामाजिक कामको मेयर आचार्यले प्रशंसा गरे ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले महोत्सवमा स्थानिय उत्पादनलाई समेत साथ दिएर पालिकाका कृषकहरुलाई महाेत्सवमा सहभागी गराएकोमा धन्यवाद ब्यक्त गरे ।

पोखरा महानगरपालिका वडा नं १४ का अध्यक्ष बोध बहादुर कार्कीले क्लबले निर्माण गरेको युनाईटेड छात्राबासको अपनत्व महानगरले लिनुपर्ने बताए । १५ का अध्यक्ष तोरण बानियाँले महोत्सवले स्थानिय उत्पादनको प्रवद्र्धनमा टेवा पु¥याउने वताए ।

समापन समाराेहमा बाेल्दै मेयर आचार्य

क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले १४ औं पोखरा महोत्सवदेखि पोखरा २७ अर्चलेमा निर्माणाधिन युनाईटेड छात्राबासको निर्माणमा काम गर्ने बताए । त्यसैगरी उक्त छात्राबास जाने बाटो निर्माणका लागि पोखरा २७ र २८ जोड्ने गरी सडक निर्माणका लागि पहल गरिदिन मेयर आचार्य संग आग्रह गरे ।

युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले १४ औं पोखरा महोत्सव भब्य र सभ्य ढंगले सम्पन्न गराउन दर्शकको मुख्य भुमिका रहेको बताए । युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरि सामाजिक काममै खर्च गरिने भएकाले महोत्सवमा उपस्थित सम्पूर्ण दर्शकहरुको समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा युनाईटेडको सामाजिक काममा साथ रहेको उनको भनाइ रहेको थियो ।

युनाईटेड क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए ।

यसैविच महोत्सवमा आयोजित टीकटक प्रतियोगिताको उपाधि गोले लामाले हात पारेका छन । आशिष इन्सटीच्युटको प्रायोजनमा सम्पन्न टीकटक प्रतियोगिताको उपाधि संगै लामाले नगद २५ हजार प्राप्त गरेका छन । गोलेले प्राप्त गरेको उक्त रकम क्यान्सर रोगबाट प्रभावित कास्की भुर्जुङखोला निवासी दिलमाया नेपालीलाई प्रदान गरे । नेपाली विगत ५ वर्षदेखि क्यान्सर रोगबाट प्रभावित छन ।

यसअघि पोखरा महोत्सव युनाईटेड क्लबले जिल्ला खेलकुद बिकास समिति कास्कीलाई नगद १ लाख प्रदान गरेको छ ।

युनाईटेड क्लबले आयोजना गरेको महोत्सव भब्य र सभ्य रुपमा सम्पन्न भएको युनाईटेड क्लबका निवर्तमान अध्यक्ष तथा महोत्सवका कार्यसम्पादन उपसमिति संयोजक राजु श्रेष्ठले बताए । महोत्सव आयोजना गर्न गठित विभिन्न उपसमिति, सुरक्षा निकाय, स्वयंसेवकहरुले आफ्नो जिम्मेवारी बहन गरेकै कारण १४ औं पोखरा महोत्सव भब्य र सभ्य रुपमा सम्पन्न भएको उनको भनाइ छ ।

१३ दिन सम्म सञ्चालित महोत्सवमा दुईलाख पचास हजार भन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गरेको महोत्सवमा ९ करोड बढी कारोबार भएको ब्यवशायीहरुबाट जानकारी आएको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए ।

महोत्सवमा स्थानीय उत्पादन, हस्तकला, कृषिजन्य सामाग्री लगायतलाई विशेष ठाँउ दिइएकाले पनि दर्शकहरुले महोत्सवलाई मन पराएका थिए ।

प्रकाशित मिति २०८२ माघ १२ गते आइतबार ०९:१५
हजुरको प्रतिक्रिया