पोखरा ।
नेपाली कम्युनिष्ट पार्टी राष्ट्रिय सभाकी प्रमुख सचेतक मदनकुमारी साह गरिमाले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बुधवार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उनले सामाजिक सञ्जालमा गलत र भ्रामक समाचार प्रवाह गर्ने व्यक्ति र उम्मेदवारलाई तत्काल कारबाही गरी निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारसँग माग गरेकी हुन् । प्रमुख सचेतक साहले गलत सन्देशमा भरमा नपर्न आम मतदातालाई पनि अपिल गरिन् ।
‘म मतदाताहरुलाई अपिल र अनुरोध गर्दछु–सामाजिक सञ्जालमा आएको सबै कुराहरु सत्य हुँदैनन । भेरीफाई गरेर मात्रै बुझौ । गलत र भ्रामक सन्देश सम्पे्रषण गर्ने व्यक्ति र उम्मेदवारलाई कानूनको दायरामा ल्याई निर्वाउनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन म अध्यक्षमार्फत सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले भनिन् ।
प्रमुख सचेतक साहले निर्वाचनमा गलत सन्देश दिने काम कुनै पनि दल र उम्मेदवारले गर्न नमिल्ने पनि स्पष्ट पारिन् ।
प्रकाशित मिति २०८२ माघ १५ गते बुधबार ०२:०९