२०८३ असोज २४ गते शनिबार

देशलाई पात्र होइन, एजेण्डा चाहिएको छः अध्यक्ष थापा

देशलाई पात्र होइन, एजेण्डा चाहिएको छः अध्यक्ष थापा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ १७ गते शुक्रबार १२:४९

उनले हाल मुलुकको राजनीतिक बहस व्यक्ति केन्द्रित भएको उल्लेख गर्दै एजेण्डा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले नेपालको संघीयताको मोडेल त्रुटीपूर्ण रहेको बताए । संघीयताको मोडलसँगै संविधानमा रहेका त्रुटीहरु समेत सच्याउनुपर्ने उनले उल्लेख गरे ।

पोखरा ।

राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर थापाले देश सञ्चालनको लागि पात्र नभई एजेण्डाको आवश्यक रहेको बताएका छन् ।

शुक्रबार पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने क्रममा उनले व्यक्ति भन्दा स्पष्ट र व्यवहारिक एजेण्डा आवश्यक रहेको बताएका हुन् ।

उनले हाल मुलुकको राजनीतिक बहस व्यक्ति केन्द्रित भएको उल्लेख गर्दै एजेण्डा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले नेपालको संघीयताको मोडेल त्रुटीपूर्ण रहेको बताए । संघीयताको मोडलसँगै संविधानमा रहेका त्रुटीहरु समेत सच्याउनुपर्ने उनले उल्लेख गरे ।

उनले संविधान संशोधन आवश्यक रहेकोले यसलाई राजनीतिक सहमतिको आधारमा गर्नुपर्नेमा समेत जोड दिए । उनले संवैधानिक प्रक्रियाबाट गरिएको संविधान संशोधनले पनि सबै समस्या हल गर्न नसक्ने बताए ।

अध्यक्ष थापाले राष्ट्रिय सहमतिको आधारमा संविधान पुनर्लेखन गर्न सकिने जिकिर गरे । उनकाअनुसार पुनर्लेखनमार्फत संविधानका राम्रा पक्ष जोगाउँदै कमजोरी हटाउने र आवश्यक विषय थप्न सकिन्छ ।

उनले पाँच वर्षभित्र भ्रष्टाचार निर्मूल पार्ने राष्ट्रिय नीति बनाउनुपर्ने र मुलुकलाई आत्मनिर्भर बनाउन औद्योगिकीकरण अपरिहार्य रहेको बताए ।

उनले भने, ‘संघियताको अहिलेको मोडेल त्रुटीपूर्ण छ । यो हामी सच्याउने कि नसच्याउने ? सच्याउने भने मोडेले के ? संविधानमा त्रुटी छ, यो संविधान फाल्ने भन्छन्, हामी यो फाल्ने पक्षमा छैनौँ । तर यो संविधानलाई संशोधन गरेर जान सकिन्छ, तर संशोधनको मोडल चाहीँ संवैधानिक प्रक्रियाबाट हुँदैन, राजनितिक प्रक्रियाबाट हुन्छ । हामीले त्यही भएर पुनःलेखनको विधि भन्यौँ । राष्ट्रिय सहमति भयो भने पुनःलेखन हुन्छ, त्यही संविधानको राम्रो पक्ष रहन्छ, नराम्रो पक्ष फालिन्छ, नपुगेको थपिन्छ । पाँच वर्ष भित्र भ्रष्टाचारलाई सखाप पार्ने एउटा राष्ट्रिय नीति बनाउने कुरामा पनि हामी सहमत हौ न । मुलुकलाई पूर्णरुपमा आत्मनिर्भर बनाउनलाई औद्योगिकरण गर्ने हाम्रो मोडेलमा सबै सहमत हौँ न । कुनै उम्मेद्वारले वा पार्टीले आफूले प्रतिवद्धता गरेको चीजमा दायाँबायाँ गर्छ वा त्यसलाई पालना गर्दैन भने यो अदालतमा जाने विषय पनि बन्नुपर्छ । अदालतमा प्रश्न उठाउने विषय बन्नुपर्छ । उसलाई रिकल गर्ने पद्धतिले मात्रै पुग्दैन, हामीले यसलाई राईट टु कोर्ट भनेर अगाडीदेखि नै भन्दै आएका छौँ । एजेण्डामा खुलेर बहस गरौँ । देशलाई एजेण्डा चाहिएको हो, पात्र होइन ।’

चुनावी प्रतिवद्धता कार्यान्वयन नगर्ने उम्मेदवार वा दललाई कानूनि दायरामा ल्याउनुपर्ने समेत उनको भनाइ छ ।

प्रतिवद्धता पूरा नगरे अदालतमा प्रश्न उठाउन सकिने व्यवस्था गरेमात्रै उम्मेद्वार वा दलहरु घोषणापत्रप्रति जिम्मेवार हुने उनले उल्लेख गरे ।

प्रकाशित मिति २०८२ माघ १७ गते शुक्रबार १२:४९
हजुरको प्रतिक्रिया