२०८३ साउन २१ गते बिहीबार

स्टन्ट गरेर प्रणाली सुधार हुँदैनः गगन थापा

स्टन्ट गरेर प्रणाली सुधार हुँदैनः गगन थापा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ १८ गते शनिबार ०१:३८

सभापति थापाले नेपाली काँग्रेस प्रणाली र प्रक्रियामार्फत सुधार गर्ने कुरामा विश्वास राख्ने पार्टी भएको उल्लेख गरे । विश्वविद्यालय तथा संवैधानिक निकायमा हुने भागबण्डाको अन्त्य गर्ने दाबी पनि उनले गरे

पोखरा ।

नेपाली काँग्रेसका सभापति गगन थापाले प्रणालीमा सुधार गर्न सही कानुन बनाउनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा उनले स्टन्ट गरेर सुधार गर्न नसकिने बताएका हुन् ।

उनले सार्वजनिक संस्थाहरूमा हुने आर्थिक कारोबारलाई पारदर्शी बनाउन स्टन्ट र चटक देखाएर नभई सही कानून र प्रक्रिया निर्माण गरेर मात्र सम्भव हुने बताए ।

सभापति थापाले नेपाली काँग्रेस प्रणाली र प्रक्रियामार्फत सुधार गर्ने कुरामा विश्वास राख्ने पार्टी भएको उल्लेख गरे । विश्वविद्यालय तथा संवैधानिक निकायमा हुने भागबण्डाको अन्त्य गर्ने दाबी पनि उनले गरे

निजामती कर्मचारीमा हुने राजनीतिकरणको पनि बन्द गर्ने उनको भनाई छ ।

उनले भने, ‘हाम्रा सार्वजानिक संस्थाहरुबाट, निकायहरुबाट हुने कारोबारमा कुनै पनि आर्थिक लेनदेन नहोस् भन्ने कुरा हामी सबैले चाहेका छौँ नी । तर त्यसको परिणाम आउनको निम्ति जादु गर्छु, चटक गर्छ, डण्डा बोकेर जान्छु, म स्टन्ट देखाउँछु भनेर हुँदैन । सिष्टम बनाउनुपर्नेछ । ठीक कानुनहरु बनाउनुपर्नेछ, प्रक्रियाहरु बनाउनुपर्नेछ । काँग्रेस यो सिष्टम बनाउने कुरामा विश्वास गर्छ, प्रक्रियाहरु बनाउने कुरामा विश्वास गर्छ । हामी यहाँबाट परिणाम दिन चाहन्छौँ । हामी सबै ठाउँमा जहाँ पार्टीले हस्तक्षेप गरेको छ, चाहे विश्वविद्यालयमा भागवण्डा गरेको होस्, चाहे संवैधानिक निकायमा भागबण्डा गरेको होस् । चाहे निजामति कर्मचारीको राजनितिककरण गरेको होस् । हामी सबै कुराहरु बन्द गर्छौ । यो काँग्रेसको संकल्प हो ।’

सुधार र सुशासनमार्फत परिणाम दिन काँग्रेस प्रतिबद्ध रहेको भन्दै उनले सुधारको लागी आफूहरुले योजना बनाएको पनि जानकारी दिए ।

प्रकाशित मिति २०८२ माघ १८ गते शनिबार ०१:३८
हजुरको प्रतिक्रिया