२०८३ असोज २४ गते शनिबार

सबै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमाण्ड बनाउने एमालेमा आवद्ध राष्ट्रिय युवा संघको निर्णय

सबै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमाण्ड बनाउने एमालेमा आवद्ध राष्ट्रिय युवा संघको निर्णय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ २० गते सोमबार ०४:३६

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी केन्द्रमा अध्यक्ष माहाराज गुरुङको कमाण्डमा ५०१ जना केन्द्रिय निर्वाचन परिचालन कमाण्ड र सबै निर्वाचन क्षेत्रमा पनि एमालेको पक्षमा जनमत बढाउने गरी निर्वाचन परिचालन कमाण्ड बनाउने निर्णय गरिएको जानकारी गराएको हो ।

पोखरा ।

नेकपा (एमाले)मा आवद्ध युवाहरुको संगठन राष्ट्रिय युवा संघ, नेपालले सबै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमाण्ड बनाउने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी केन्द्रमा अध्यक्ष माहाराज गुरुङको कमाण्डमा ५०१ जना केन्द्रिय निर्वाचन परिचालन कमाण्ड र सबै निर्वाचन क्षेत्रमा पनि एमालेको पक्षमा जनमत बढाउने गरी निर्वाचन परिचालन कमाण्ड बनाउने निर्णय गरिएको जानकारी गराएको हो ।

आम मतदातको सुरक्षालाई समेत ध्यानमा दिएर सबै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमाण्ड बनाउने निर्णय गरिएको अध्यक्ष गुरुङले बताए ।

उनले भने,‘केन्द्रमा संगठनका अध्यक्ष कमरेड माहाराज गुरुङ्गको नेतृत्वमा ५०१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमाण्ड बनाएको छ । प्रदेशगत रुपमा मातहतका निर्वाचन परिचालन कमाण्डहरुलाई संयोजन र नेतृत्व गर्ने गरि पदाधिकारी र सचिवालय सदस्यहरुलाई जिम्मेवारी प्रदान गरेको छ । यसका साथै १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमाण्ड बनाउने निर्णय भएको छ । बैठकले उक्त कमाण्डमा संगठनद्वारा तोकिएको केन्द्रिय सदस्यको नेतृत्वमा उक्त निर्वाचन क्षेत्र अन्तर्गत मतदान केन्द्र भएका सगठनका केन्द्रीय निकाय तथा केन्द्रीय विभागका सदस्यहरु र सम्पूर्ण मातहत कमिटी ( प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका कमिटी, बडा कमिटी र टोल कमिटी) का पदाधिकारी तथा सदस्यहरु रहने निर्णय गरेको छ। बैठकले प्रतिनिधिसभा निर्वाचन परिचालन कमाण्ड अन्तर्गत ६७४३ वटै वडामा बडा कमाण्डर र १०९६७ वटै बुथमा बुध कमाण्डर तोकेको छ ।’

संघले सबै बुथहरुमा पनि त्यसको संरक्षण गर्नेगरी कमाण्डरहरु तोक्ने पनि जनाएको छ ।

प्रकाशित मिति २०८२ माघ २० गते सोमबार ०४:३६
हजुरको प्रतिक्रिया