२०८३ साउन २१ गते बिहीबार

प्रतिनिधिसभा सदस्य निर्वाचन : नागरिक शिक्षा प्रवद्र्धनका लागि विभिन्न स्रोत सामग्रीहरू तयार

प्रतिनिधिसभा सदस्य निर्वाचन : नागरिक शिक्षा प्रवद्र्धनका लागि विभिन्न स्रोत सामग्रीहरू तयार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ३० गते बिहीबार ११:५५

यता निर्वाचनका लागि ५३ जिल्लाका १ सय १७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको छ । आयोगका अनुसार अहिलेसम्म १ करोड ५३ लाखभन्दा धेरै मतपत्र छपाइ सकिएको हो ।

पोखरा ।

निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नागरिक शिक्षा प्रवद्र्धनका लागि विभिन्न स्रोत सामग्रीहरू तयार गरेको छ ।

लोकतन्त्र, चुनाव, समावेशिता र निर्वाचन, मतदाता नामावली र मतदानलगायत विषय समेटेर स्रोत सामग्री तयार गरिएको हो ।

मतदानको महत्त्व, निर्वाचन सम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन र राजनीतिक दल सम्बन्धी विषय सामग्रीमा समेटिएका छन् ।

आयोगले निर्वाचन शिक्षाका लागि तयार गरिएको ‘नागरिक शिक्षा प्रवद्र्धन स्रोत पुस्तिका’ लाई सबैको पहुँचका लागि आफ्नो वेबसाइटमा राखेको छ ।

आयोगका सह–प्रवक्ता कुलबहादुर जिसीले ती सामग्रीका आधारमा सरकारी र नागरिक क्षेत्रका सम्बन्धित निकाय, संस्था र व्यक्तिले नागरिक शिक्षा प्रवद्र्धन गर्न सक्नेछन् ।

त्यस्तै भोलिदेखि मतदाता शिक्षाको कार्यक्रमलाई पनि तीव्रता दिने आयोगको तयारी छ ।

यता निर्वाचनका लागि ५३ जिल्लाका १ सय १७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको छ । आयोगका अनुसार अहिलेसम्म १ करोड ५३ लाखभन्दा धेरै मतपत्र छपाइ सकिएको हो ।

हिजो मात्रै ६ जिल्लाको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगका सह–प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । प्रत्यक्षतर्फको चुनावका लागि २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्नेछ ।

दैनिक अहिले १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ । आजसम्म सबै मतपत्र छपाइ सकेर जिल्लामा पठाउने आयोगको तयारी छ ।

अहिलेसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभाको मतपत्र छपाइ भएको छ ।

यस्तै सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी बर्दघाट सुस्ता पूर्व, पाल्पा, अर्घाखाँची, प्युठान, रुपन्देही, रोल्पा गरी ५३ जिल्लाको मतपत्र छपाइ सकिएको हो ।

छापिसकेका मतपत्र बिहीबारदेखि जिल्लामा पठाइने जनाइएको छ ।

प्रकाशित मिति २०८२ माघ ३० गते बिहीबार ११:५५
हजुरको प्रतिक्रिया