२०८३ साउन २१ गते बिहीबार

जलवायु परिवर्तनलाई चुनावी एजेण्डा बनाउन राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यको आग्रह

जलवायु परिवर्तनलाई चुनावी एजेण्डा बनाउन राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यको आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन १ गते शुक्रबार ०३:५२

पोखरा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले आगामी निर्वाचनमा राजनीतिक दलहरुले जलवायु परिवर्तनलाई मुख्य एजेण्डा बनाउनुपर्नेमा जोड दिएकी छन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले अबका घोषणापत्रहरुमा शिक्षा, स्वास्थ्य...

पोखरा ।

राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले आगामी निर्वाचनमा राजनीतिक दलहरुले जलवायु परिवर्तनलाई मुख्य एजेण्डा बनाउनुपर्नेमा जोड दिएकी छन् ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले अबका घोषणापत्रहरुमा शिक्षा, स्वास्थ्य र पूर्वाधारका पुरानै शैलीका मात्र कुरा गरेर नपुग्ने बताएकी हुन् ।

अबको मुख्य एजेण्डा जलवायु परिवर्तन हुनुपर्ने उनको भनाइ छ । उनले नेपालको हरितगृह ग्यास उत्सर्जन नगन्य (०.०५६ प्रतिशत) भएपनि यसको गम्भीर मारमा नेपाल अग्रपंक्तिमा रहेको तथ्य पेश गरिन् ।

शाक्यले गत भदौ महिनामा भएका अराजक घटनाहरुले देशको लगानीको वातावरण धमिलिएको र अर्थतन्त्र जोखिमपूर्ण मोडमा पुगेको प्रति चिन्ता व्यक्त गरिन् ।

जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क उद्धृत गर्दै उहाँले नेपालको औसत अधिकतम तापक्रम विगत चार दशकमा २.४ डिग्री सेल्सियस बढेको र हिमनदी पग्लिने दर ६५ प्रतिशतले वृद्धि भएको जानकारी दिईन् ।

क्लाइमेट एनालिटिक्सको अध्ययनअनुसार यदि यही अवस्था रहे सन् २०५० सम्म नेपालको जीडीपी १८ प्रतिशतले घट्नसक्ने चेतावनी समेत उनले दिईन् ।

समस्याको समाधानका लागि शाक्यले ऊर्जा रुपान्तरण र औद्योगिक सुधारको प्रश्ताव अघि सारेकी छन् । स्वदेशी जलविद्युतको प्रयोग गरी विद्युतीय सवारी साधन, मेट्रो, र विद्युतीय भान्सालाई व्यापक बनाउनुपर्ने उनको धारणा छ ।

साथै, सिमेन्ट कारखाना र इँटाभट्टामा कोइलाको सट्टा स्वदेशी विद्युत प्रयोग गर्ने नीति कडाइका साथ लागू गर्न उहाँले सरकारसँग माग गरिन् ।

प्रकाशित मिति २०८२ फागुन १ गते शुक्रबार ०३:५२
हजुरको प्रतिक्रिया