पोेखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले आफूले नेपाली काँग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहक शक्तिको रुपमा लिएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेका हुन् ।
नेता थापाले विगत लामो समयदेखि नेपालको राष्ट्रिय राजनीतिमा बामपन्थी विचार र शक्तिहरुको वर्चश्व रहेको उल्लेख गर्दै नेपाली काँग्रेसले पनि सोही विचारधाराअनुसार आफूलाई अघि बढाएको दाबी गरे ।
उनले नेपाली समाजमा वैदिक मूल्य, मान्यता र परम्पराले जरो गाँडेर बसेको भएपनि त्यसको विपरित साम्यवाद, माक्र्सवाद र समाजले डोहो¥याउने काम भएकाले मुलुकमा बिडम्वनापूर्ण अवस्था आएको जिकिर समेत गरे ।
उनले भने, ‘नेपालको राष्ट्रिय राजनीतिमा मूलतः बामपन्थी विचार र शक्तिहरुकै वर्चश्व रह्यो । मैले नेपाली काँग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहकको रुपमा लिएको छु । किनभने राजनीति शास्त्रमा समाजलाई पनि लेफट आरेन्टेट पो्लिटिकल आईडियोलोजीको रुपमा लिने गरिन्छ । यो ७० वर्ष लामो बैचारिक यात्रामा उग्र साम्यवाददेखि प्रजातान्त्रिक समाजवादनै हावी रह्यो । एकातिर नेपाली जनमानस सनातन धर्म, संस्कृति, परम्पराप्रति आस्था राख्ने र त्यसैबाट निश्रित वैचारिक अवधारणाबाट अनुप्राणित छ । वैदिक कालदेखिका मूल्य र मान्यताले नेपाली समाजमा बलियो जरो गाडेर बसेको छ । एकातिर प्राचिन वैदिक मूल्य र मान्यता र परम्परा नेपाली समाजको विशिष्ट चरित्र हो । तर अर्कोतर्फ राजनीतिक रुपमा भने त्यसको ठिक विपरित मान्यता राख्ने साम्यवाद, माक्र्सवादवाद, समाजवादले हाम्रो समाजलाई डोहो¥याउने, नेतृत्व दिने काम ग¥यो । त्यो विरोधाभाषले मलाई घच्घच्याई राखेको थियो । त्यो बिडम्वनाको अन्त्य हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’
नेता थापाले मुलुकलाई सही बाटोमा अघि बढाउन हिन्दु राष्ट्रसहितको राजसंस्थाको अपरिहार्य आवश्यक्त रहेको अडान समेत दोहो¥याए ।
प्रकाशित मिति २०८२ फागुन २ गते शनिबार ०१:३१




