२०८३ असोज २४ गते शनिबार

भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन

भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन १० गते आइतबार ११:३२

उनले राप्रपालाई संसदमा बलियो शक्तिको रूपमा पु¥याउन मतदातासँग सहयोग मागे । राप्रपासँग देश बनाउने स्पष्ट योजना रहेको दाबी गर्दै लिङदेनले भ्रष्टाचारमुक्त ढंगले काम गरे ५–६ वर्षभित्रै देशको मुहार फेरिने बताए ।

पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मतदाताहरूलाई आफ्नो भोटको शक्ति बुझ्न र मतदान गर्नुअघि गम्भीरतापूर्वक सोच्न आग्रह गरेका छन् ।

बुटवलमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उनले भोट भनेको शक्ति भएको र यसलाई हस्तान्तरण गर्दा हजारचोटि विचार गर्नुपर्ने बताएका हुन् ।

लिङदेनले विगतमा मतदाताहरू झुटो आश्वासन, केही लिटर पेट्रोल, केही सय रुपैयाँ, वा माछामासु र मादकपदार्थको प्रलोभनमा परेर मतदान गर्दै आएको टिप्पणी गरे ।

सत्तामा बस्ने नेताहरूले नयाँ समझदारी नगरे र आफ्ना गल्ती नसच्याए देश दुर्घटनामा जाने लिङदेनको चेतावनी छ ।

अध्यक्ष लिङदेनले राजा, राजनीतिक दल र युवा पुस्ताबीच नयाँ समझदारीको आवश्यकता औंल्याए । निषेधको राजनीति अन्त्य गरी देशले जित्ने वातावरण बनाउनुपर्ने उनको तर्क छ ।

उनले राप्रपालाई संसदमा बलियो शक्तिको रूपमा पु¥याउन मतदातासँग सहयोग मागे । राप्रपासँग देश बनाउने स्पष्ट योजना रहेको दाबी गर्दै लिङदेनले भ्रष्टाचारमुक्त ढंगले काम गरे ५–६ वर्षभित्रै देशको मुहार फेरिने बताए ।

अध्यक्ष लिङदेनले आफ्नो राजनीतिक जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार काण्डको छानविनमा आफ्नो भुमिका रहेको स्मरण गराए ।

उनले भने, ‘मैले हरेक ठाउँमा भन्दै आएको छु कि भोट भनेको शक्ति हो । यो शक्ति हस्तान्तरण गर्ने कुरा हो । त्यसकारणले आफ्नो हात काटेर दिँदा खेरि आफ्नो शक्ति हस्तान्तरण गर्दा खेरि कसलाई दिइराखेको छु भन्नेकुरा हरेक मतदाताले सोच्नुपर्छ । आजसम्म हामीले झुट्ठा आश्वासनमा कहिले केही लिटर पेट्रोलमा, कहिले केही सय, केही हजारमा, जाँडरक्सीमा, माछामासुमा, नातागोतामा अथवा बाउबाजेले बोकी आएको पार्टी भन्नेमै हाल्दै आयौँ । अहिले पनि भोट दिने बेला आएको छ । त्यसमाथि पनि यो भोट विशेष अवस्थामा आएको छ । त्यसकारण यो भोटमा तपाईंले मतदान गर्नुभन्दा अगाडि हजारचोटि सोचेर मात्रै हजारचोटि विचार गरेर मात्रै मतदान गर्नुस् भनेर आएको छु । तपाईंले अहिले सुन्नुभएको होला टोल–टोलमा मानिसहरु कस्तो–कस्तो अनुहार लिएर प्रसन्न सौदापात गर्न आउनुभएको छ। तपाईंहरुले पनि नमस्कार खानुहुन्छ । चुनावभन्दा अगाडि राजा, राजनीतिक दल र नवयुवा पुस्ताको बीच नयाँ समझदारी गरौँ, देशमा नमिलेका विषयहरु मिलाऔँ, निषेधको राजनीति हामीले लामो समयसम्म ग¥यौं । अब कसैले कसैलाई निषेध गर्ने अथवा कसैले हार्ने होइन कसैले नहार्ने देशले जित्ने नयाँ समझदारी गरेर अगाडि जाऔँ अनि चुनावमा जाऔँ । यसो भयो भने फेरि भविष्यमा कसैले विद्रोह गर्नुपर्दैन कसैले आन्दोलन गर्नुपर्दैन भनेर भन्यौँ । तर आज जबर्जस्ती देश चुनावतर्फ अगाडि बढेको छ । हामी अहिले पनि स्थिति सबै राजनीतिक शक्तिहरुलाई राष्ट्रिय सहमतिमा आउन र चुनाव बरु दुई महिना पाँच महिना छ महिना पछि गरे हुन्छ तर एउटा समझदारी गरेर चुनावमा जाऔँ भन्ने प्रयत्न गरिराखेका छौँ ।’

उनले काँग्रेस, एमाले र माओवादीका समर्थकहरूलाई पनि एकचोटि राप्रपाको चुनाव चिन्ह ‘हलो’ मा मतदान गर्न आग्रह गरे ।

उनले प्रत्यक्षतफ र समानुपातिकतर्फ राप्रपालाई मतदान गरी देश बचाउने अभियानमा सहभागी हुन सबैलाई अपिल गरे ।

प्रकाशित मिति २०८२ फागुन १० गते आइतबार ११:३२
हजुरको प्रतिक्रिया