पोखरा ।
सर्लाही–४ मा मतगणना सुरु भएको छ ।
नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको यो क्षेत्रमा अहिले सवा १० बजेबाट मतगणना सुरु भएको हो ।
पहिलो चरणमा बलरा नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, १० र ११ को खसेको मतबाट गणना सुरु भएको छ ।
बलरा नगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहको गृहपालिका हो ।
सर्लाही ४ मा एक लाख २१ हजार १२ मतदातामध्ये ७७ हजार ९३१ म्त खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति २०८२ फागुन २२ गते शुक्रबार ११:१९