२०८३ साउन २१ गते बिहीबार

सर्लाही–४ मा ३ हजारभन्दा बढी मतगणना, रास्वपाले लियो अग्रता

सर्लाही–४ मा ३ हजारभन्दा बढी मतगणना, रास्वपाले लियो अग्रता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन २२ गते शुक्रबार ११:२३

पछिल्लो विवरणअनुसार घण्टी चुनाव चिह्नले अग्रता लिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार घण्टीले १ हजार ९०८ मत प्राप्त गरेको छ ।

पोखरा ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा हालसम्म ३ हजार ६९ मतगणना सम्पन्न भएको छ । पछिल्लो विवरणअनुसार घण्टी चुनाव चिह्नले अग्रता लिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार घण्टीले १ हजार ९०८ मत प्राप्त गरेको छ ।

त्यस्तै रुख चुनाव चिह्नले ५३६ मत पाएको छ भने तारा चुनाव चिह्नले ३७९ मत प्राप्त गरेको छ ।

यसैगरी सूर्यले ६९ मत पाएको छ । हर्न र छाता चुनाव चिह्नले समान १५–१५ मत प्राप्त गरेका छन् भने मोबाइलले ६ मत पाएको छ ।

माटो चुनाव चिह्नले १ मत प्राप्त गरेको छ। मतगणनाका क्रममा ११६ मत बदर भएको जनाइएको छ ।

मतगणना कार्य भने निरन्तर जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति २०८२ फागुन २२ गते शुक्रबार ११:२३
हजुरको प्रतिक्रिया