२०८३ साउन २१ गते बिहीबार

काठमाडौं–१ बाट निर्वाचित रञ्जु दर्शनाले दिइन् मतदातालाई धन्यवाद

काठमाडौं–१ बाट निर्वाचित रञ्जु दर्शनाले दिइन् मतदातालाई धन्यवाद

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन २२ गते शुक्रबार ११:३४

‘यो विजय देशको, परिवर्तन पक्षको । काठमाडौं क्षेत्र नं १ मा हामीलाई घन्टी चुनाव चिन्हमा मत दिनुहुने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं,’ उनले भनेकी छन्, ‘हामीलाई शुभकामना दिनुहुने सम्पूर्ण शुभेच्छुक, साथी तथा मतदाताहरू प्रति हार्दिक नमन ।’

पोखरा ।

काठमाडौं–१ बाट निर्वाचित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले आफ्ना मतदातालाई धन्यवाद दिएकी छिन् ।

आफु निर्वाचित भएको बारे जानकारी गराउँदै उनले फेसबुकमार्फत धन्यवाद दिएकी छन् ।

‘यो विजय देशको, परिवर्तन पक्षको । काठमाडौं क्षेत्र नं १ मा हामीलाई घन्टी चुनाव चिन्हमा मत दिनुहुने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं,’ उनले भनेकी छन्, ‘हामीलाई शुभकामना दिनुहुने सम्पूर्ण शुभेच्छुक, साथी तथा मतदाताहरू प्रति हार्दिक नमन ।’

रञ्जु १५ हजार ४५५ मतसहित विजयी भएकी हुन् । ६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे ।

अघिल्ला दुई निर्वाचनमा झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे ।

यस्तै एमालेका मोहनराज रेग्मीले एक हजार ६१८ मत, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत पाएका छन् ।

प्रकाशित मिति २०८२ फागुन २२ गते शुक्रबार ११:३४
हजुरको प्रतिक्रिया