पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
उनले यो राजीनामालाई दलीय राजनीतिबाट तत्कालका लागि बिदा भनेका छन् ।
मिश्रले आज सामाजिक सञ्जालमा विज्ञप्ती निकाल्दै राप्रपाका सबै जिम्मेवारीहरूबाट राजीनामा दिए पनि राजसंस्था पुनस्र्थापना र सुशासनलगायतका मुद्दाप्रतिका आफ्ना अडान यथावत रहेको बताएका छन् ।

प्रकाशित मिति २०८२ फागुन २३ गते शनिबार १२:०६