२०८३ असोज २४ गते शनिबार

गुल्मी–१ बाट रास्वपाका सागर ढकाल विजयी

गुल्मी–१ बाट रास्वपाका सागर ढकाल विजयी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन २३ गते शनिबार ०३:४५

निर्वाचन आयोगका अनुसार ढकालले २९ हजार ६४२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीपकुमार ज्ञवालीले १५ हजार १८१ मत पाउनुभएको छ ।

पोखरा ।

प्रतिनिधिसभा सदस्य चुनावमा गुल्मी क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सागर ढकाल विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार ढकालले २९ हजार ६४२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीपकुमार ज्ञवालीले १५ हजार १८१ मत पाउनुभएको छ ।

ढकाल १४ हजार ४६१ को मतान्तरमा विजयी भएका हुन् ।

यस्तै तेस्रोमा रहनुभएका नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारीले १३ हजार ५०५ मत पाएका छन् ।

प्रकाशित मिति २०८२ फागुन २३ गते शनिबार ०३:४५
हजुरको प्रतिक्रिया