२०८३ साउन २१ गते बिहीबार

प्रतिनिधिसभा सदस्य निर्वाचन : सकियो प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना

प्रतिनिधिसभा सदस्य निर्वाचन : सकियो प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन २७ गते बुधबार ०१:०८

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले समानुपातिकको मतगणना सकिएसँगै प्राप्त भएका सबै जिल्लाको निर्वाचन फारम आयोगमा प्रविष्ट गर्ने काम भइरहेको जानकारी दिए ।

पोखरा ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना सकिएको छ ।

प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक भइसके पनि समानुपातिकतर्फको मतगणनाको अन्तिम नतिजा सार्वजनिक भैसकेको छैन ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले समानुपातिकको मतगणना सकिएसँगै प्राप्त भएका सबै जिल्लाको निर्वाचन फारम आयोगमा प्रविष्ट गर्ने काम भइरहेको जानकारी दिए ।

उनका अनुसार फारम प्रविष्ट गर्ने र अन्तिम मत समावेश गरेको नतिजा आयोगको वेबसाइटमा अपडेट गरिनेछ ।

त्यसपछि समानुपातिक मतका आधारमा राजनीतिक दलहरूले पाउने सिट सङ्ख्या निर्धारण गरिनेछ । त्यसपछि दलहरूलाई आयोगले पत्र पठाउनेछ ।

आयोगले आफ्नो वेबसाइटमा अपडेट गरेको पछिल्लो समानुपातिक मत अन्तर्गत एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भइसकेको छ ।

हाल आयोगले राखेको तथ्यांकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ लाख ३९ हजार २३५ मत पाएको छ ।

कांग्रेसले १७ लाख ४९ हजार ५८३, नेकपा (एमाले) ले १४ लाख ४८ हजार ८५४, नेपाली कम्युनिस्ट पार्टीले आठ लाख पाँच हजार ७५३, श्रम संस्कृति पार्टीले ३ ला ७८ हजार ६४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४७२ मत पाएको छ ।

यो विवरणअनुसार रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा गरी ६ वटा दलले राष्ट्रिय दलको मान्यता पाउने भएका छन् ।

विगतमा राष्ट्रिय दल रहेका जसपा–नेपाल र जनमत पार्टीले यस पटक प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेनन् भने समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्ने सम्भावना सकिएको छ ।

प्रकाशित मिति २०८२ फागुन २७ गते बुधबार ०१:०८
हजुरको प्रतिक्रिया