२०८३ साउन २१ गते बिहीबार

नेकपा एमालेका कास्की ईन्चार्ज कृष्ण थापाको निधन

नेकपा एमालेका कास्की ईन्चार्ज कृष्ण थापाको निधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन २८ गते बिहीबार ०४:०१

पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ । जिल्ला कमिटी बैठकमा बिहीबार बोल्दाबोल्दै ढलेका थापालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्‍याइएको थियाे । कास्की निर्वाचनको समीक्षा...

पोखरा ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ ।

जिल्ला कमिटी बैठकमा बिहीबार बोल्दाबोल्दै ढलेका थापालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियाे ।
कास्की निर्वाचनको समीक्षा बैठक बिहीबार एमाले कास्की जिल्ला पार्टी कार्यालयमा थियो । त्यसलाई १० मिनेट सम्बोधन गरेपछि इन्चार्ज थापा अकस्मात ढलेको र तुरुन्तै मणिपाल अस्पताल लगिएको हाे ।
अस्पतालका मटुराेग विशेषज्ञ डा. रामचन्द्र काफ्लेका अनुसार थापाको अस्पताल नपुग्दै देहान्त भइसकेकाे थियाे ।

थापाको शव मणिपाल अस्पतालको शव गृहमा राखिएको छ ।

उनी २०५४ सालमा पोखराको मेयर निर्वाचित भएका थिए ।२०७४ सालमा उनी गण्डकी प्रदेश सभा सदस्य थिए भने २०७९ मा उनी पोखराको मेयर पदको निर्वाचनमा पराजित भएका थिए ।

यसपटकको चुनावमा पनि थापाले नै टिकट प्राप्त गरेका थिए । तर, पछि त्यही टिकट रश्मी आचार्यलाई दिइएको थियो ।

प्रकाशित मिति २०८२ फागुन २८ गते बिहीबार ०४:०१
हजुरको प्रतिक्रिया