२०८३ असोज २४ गते शनिबार

एमाले सचिवालय बैठक गुण्डुमा शुरु

एमाले सचिवालय बैठक गुण्डुमा शुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन ३० गते शनिबार ०२:३२

बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र आगामी रणनीतिबारे छलफल हुँदैछ ।

पोखरा ।

नेकपा (एमाले) को केन्द्रिय सचिवालय बैठक भक्तपुरको गुण्डुमा शुरु भएको छ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सचिवालय सदस्यहरूको उपस्थिति रहेको छ ।

बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र आगामी रणनीतिबारे छलफल हुँदैछ ।

साथै समानुपातिक सांसदहरुको नाम टुंग्याएर निर्वाचन आयोगमा पठाउने पनि बताइएको छ ।

पार्टी अध्यक्ष ओलीलाई पितृशोक परिरहेको छ । उनका ९७ वर्षीय पिता मोहनप्रसाद ओलीको शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको थियो ।

पिताको निधन भएपनि अध्यक्ष ओलीले बैठकमा सहभागि छन् ।

 

प्रकाशित मिति २०८२ फागुन ३० गते शनिबार ०२:३२
हजुरको प्रतिक्रिया