२०८३ साउन २१ गते बिहीबार

मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा

मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत १० गते मंगलबार ०३:३०

विगत ३५ वर्षको अवधिमा शासकीय शक्तिको दुरुपयोग भएका घटनाहरू सार्वजनिक भइरहेको भन्दै उनले कुनै पनि काण्ड वा भ्रष्टाचारका विषयमा कानूनसम्मत ढंगले अनुसन्धान हुनुपर्नेमा जोड दिए ।

पोखरा ।

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रिय कार्यसमिति बैठकमा सभापति थापाले यस्तो बताएका हुन् ।

उनले २०४५ सालयता सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पती छानविन गरी अवैध सम्पती जफत गर्नुपर्ने आफूहरुको मुख्य माग रहने पनि बताए ।

उनले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि उच्चस्तरीय छानबिनको लागि अब गठन हुने रास्वपा सरकारसँग प्रश्ताव गर्ने पनि बताए ।

उनले नयाँ सरकारसँग सुशासनका सन्दर्भमा ठूलो नगरिक अपेक्षा रहेको उल्लेख गर्दै भ्रष्टाचारका फाइलहरू खोल्ने काम राजनीतिक खपतका लागि मात्र हुन नहुने बताए ।

विगत ३५ वर्षको अवधिमा शासकीय शक्तिको दुरुपयोग भएका घटनाहरू सार्वजनिक भइरहेको भन्दै उनले कुनै पनि काण्ड वा भ्रष्टाचारका विषयमा कानूनसम्मत ढंगले अनुसन्धान हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘२०८२ सालबाट २०८७ सालसम्मको एउटा अध्याय शुरु भयो । यो विशेष परिस्थितिमा भएको सरकार हो । अब बन्ने सरकारसँग सुशासनको सन्दर्भमा धेरै अपेक्षाहरु छन् । हामी प्रतिपक्षको तर्फबाट गर्नुपर्ने भुमिका निर्वाह गर्छौँ । तर हामीले यसको लागि २०८२ साल अघिका कुराहरु पनि टुंग्याउनुपर्छ । २०४५ सालयता सार्वजनिक पदमा बसेका सबैको सम्पती छानविन गर्नुपर्छ । यदि अवैध छ भने त्यो जफत गर्नुपर्छ । हामीले निर्वाचनमा जाँदा यो विषय उठाएका थियौँ । रास्वपाले पनि भनेको थियो । अब हाम्रो माग यो रहन्छ । हामीले यो ३५ सालको अवधिमा शासकीय शक्तिको दुरुपयोग भएको पनि सुन्यौँ । यो सार्वजनिक खपतको विषय बनाइनुहुन्न । नेपाली काँग्रेसले अब कुनैपनि काण्ड वा भ्रष्टाचारका विषयका सन्दर्भमा कानूनसम्मत हिसाबले छानविन हुनुपर्छ । यो सार्वजनिक खपतको विषय हुनुहुन्न । भ्रष्टाचारको छानविन र शासकीय शक्तिको दुरुपयोगको अनुसन्धानको सन्दर्भमा काँग्रेसको पूर्ण साथ रहन्छ ।’

उनले अबको पाँच वर्ष प्रतिपक्षको तर्फबाट कांग्रेसले जिम्मेवार भुमिका निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रकाशित मिति २०८२ चैत १० गते मंगलबार ०३:३०
हजुरको प्रतिक्रिया