२०८३ साउन २१ गते बिहीबार

मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबै पक्षलाई राष्ट्रपति पौडेलको आह्वान

मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबै पक्षलाई राष्ट्रपति पौडेलको आह्वान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत ११ गते बुधबार ०३:४८

उनले निर्वाचनमा प्राप्त जनादेशले मुलुकको भविष्यलाई दिशा निर्देश गरेको पनि बताए । राष्ट्रपति पौडेलले मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठूलो दायित्व जनप्रतिनिधिहरुको काँधमा आएको पनि उल्लेख गरे ।

पोखरा ।

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबै पक्षलाई आह्वान गरेका छन् ।

निर्वाचन आयोग नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रले लक्षित गरेको जनताको जीवनस्तर माथि उठाएर मुल्ुकलाई समृद्ध बनाउने लक्ष्य लिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सो कामका सबैले ध्यान दिने बेला आएको स्पष्ट पारे ।

उनले निर्वाचनमा प्राप्त जनादेशले मुलुकको भविष्यलाई दिशा निर्देश गरेको पनि बताए । राष्ट्रपति पौडेलले मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठूलो दायित्व जनप्रतिनिधिहरुको काँधमा आएको पनि उल्लेख गरे ।

राष्ट्र निर्माणको साझा लक्ष्यमा सबैको एउटै मत हुने विश्वास समेत उनले व्यक्त गरे ।

राष्ट्रपति पौडेलले भने, ‘लोकतन्त्रले प्रदान गरेको आफ्ना प्रतिनिधि चुन्ने अधिकारको प्रयोग गरी यो महान उत्सवमा नेपाली नागरिकले देखाउनुभएको उत्साहपूर्ण सहभागिताले हाम्रो लोकतान्त्रिक प्रणालीप्रतिको अटुट विश्वासलाई पुनर्पुष्टि गरेको छ । र, संंघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ तुल्याएको छ । मतदाताले मतदान केन्द्रसम्म पुगेर व्यक्त गर्नुभएको मतादेशले मुलुकको भविष्यलाई दिशा निर्देश गरेको छ । निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठूलो दायित्व अव जनप्रतिनिधिहरु काँधमा आएको छ । लोकतन्त्रमा मत फरक हुन सक्छन । तर राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपालीको एउटै मत हुनेछ भन्ने मैले विश्वास लिएको छु । संघीय लोकतान्त्रिक गणतन्त्रले लक्षित गरेको जनताको जीवनस्तर माथि उठाएर मुल्ुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न म यस अवसरमा सबैमा हार्दिक आह्वान पनि गर्दछु ।’

त्यस अवसरमा राष्ट्रपति पौडेलले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दलहरु, सुरक्षा निकायलगायतका सम्वद्ध सबै पक्षलाई आभार समेत व्यक्त गरे ।

प्रकाशित मिति २०८२ चैत ११ गते बुधबार ०३:४८
हजुरको प्रतिक्रिया