पोखरा ।
नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेका छन् ।
पदभार सम्हाल्ने क्रममा उनले तीन महत्वपूर्ण निर्णय गरेका छन् । अर्थमन्त्री वाग्लेले चैत्र १२, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार पार्ने निर्देशन दिए ।
साथै सरकारको निर्वाचन वाचा कार्यान्वयनलाई व्यवस्थित बनाउन १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना तयार गर्नेसमेत उनले निर्णय गरे ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ ले सिफारिस गरेका कानूनी सुधारलाई कार्यान्वयनतर्फ लैजाने प्रक्रिया शुरु गरिने उनको भनाइ छ ।
आयोगको प्रतिवेदनमा सिफारिस गरिएका राजश्व अनुसन्धान विभागसँग सम्बन्धित लगायत १५ वटा ऐन खारेज गर्ने प्रक्रिया अघि बढाइने निर्णय गरिएको छ ।
त्यसैगरी निजी उद्यम–व्यवसायको सुरक्षा तथा प्रवद्र्धन, ठूला विकास आयोजना सहजीकरण लगायत विषय समेटेर नयाँ विधेयक ल्याउने वा विद्यमान कानुन संशोधन गर्ने प्राथमिकता तय गरिनेछ ।
यसका लागि वृहत्तर आर्थिक तथा कानूनी सुधारको मार्गचित्र तयार पार्ने निर्णय पनि गरिएको छ ।
अर्थमन्त्री वाग्लेले पदभार ग्रहणपछि अर्थतन्त्रलाई गतिशील बनाउन संरचनात्मक सुधार, निजी क्षेत्रको विश्वास बढाउने नीति र लगानीमैत्री वातावरण निर्माणमा ध्यान केन्द्रित गरिने बताएका छन् ।
प्रकाशित मिति २०८२ चैत १३ गते शुक्रबार ०२:५५




