२०८३ साउन २१ गते बिहीबार

पहिलो पाइला पोखरा शाखाद्वारा निशुल्क स्वास्थ्य शिविर तथा न्यानो कपडा वितरण

पहिलो पाइला पोखरा शाखाद्वारा निशुल्क स्वास्थ्य शिविर तथा न्यानो कपडा वितरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ९ गते शुक्रबार १२:३५

पोखरा । पहिलो पाइला नेपाल अन्तरगतको पोखरा शाखाले विद्यार्थीलाई न्यानो कपडासहित शैक्षिक सामाग्री वितरण र निशुल्क स्वास्थ्य शिविर गरेको छ । धादिङको ज्वालामुखी गाउँपालिका ७ मा अवस्थित श्री परोपकार आधारभुत विद्यालयमा अध्ययनरत...

पोखरा । पहिलो पाइला नेपाल अन्तरगतको पोखरा शाखाले विद्यार्थीलाई न्यानो कपडासहित शैक्षिक सामाग्री वितरण र निशुल्क स्वास्थ्य शिविर गरेको छ । धादिङको ज्वालामुखी गाउँपालिका ७ मा अवस्थित श्री परोपकार आधारभुत विद्यालयमा अध्ययनरत ५८ जना विद्यार्थीलाई स्वीटर, टोपी तथा शैक्षिक सामाग्री वितरण गरेको हो ।

साथै पहिलो पाइला पोखरा शाखाले उक्त गाउँमा १ दिने निशुल्क स्वास्थ्य शिविर समेत गरेको कार्यक्रमका संयोजक रन्जित दनैले जानकारी दिए । उनका अनुसार स्वास्थ्य शिविरबाट ६० जना बढीले परिक्षण गराई शिविरको फाइदा लिएका थिए ।

प्रकाशित मिति २०७८ पुस ९ गते शुक्रबार १२:३५
हजुरको प्रतिक्रिया