२०८३ साउन २१ गते बिहीबार

राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँः प्रमुख जिल्ला अधिकारी पौडेल

राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँः प्रमुख जिल्ला अधिकारी पौडेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत १५ गते आइतबार ०३:३४

उनले शनिबार फिल्डमा भएको गतिविधिबारे राम्रोसंग अध्ययन गरेको भन्दै अराजनीतिक र गैरकानूनी क्रियाकलाप गर्नेलाई कानूनी कारबाही गरिने समेत स्पष्ट पारे ।

पोखरा ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनैपनि अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन सचेत रहेको बताएका छन् ।

आईतबार अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेले बुझाएको ज्ञाापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन ।

उनले आफूहरु राजनीतिक विषयमा प्रवेश नगर्ने तर हिंसात्मक र अशान्ती फैल्याउने गतिविधि रोक्ने कुरामा सचेत भएर लागिरहेको बताए ।

आफूहरुलाई सरकारले दिने जुनसुकै जिम्मेवारी प्रशासनिक र पेशागत भावअनुसार निर्वाह गर्ने उनको भनाइ छ ।

उनले शनिबार फिल्डमा भएको गतिविधिबारे राम्रोसंग अध्ययन गरेको भन्दै अराजनीतिक र गैरकानूनी क्रियाकलाप गर्नेलाई कानूनी कारबाही गरिने समेत स्पष्ट पारे ।

उनले भने, ‘कुनैपनि अप्रिय घटना नघटोस् भनेर हामी एकदमै चनाखो छौँ । हामी यहाँहरुलाई पनि यही अनुरोध गर्छौँ । यो बिचमा हामीले जुन खालको हिंसा देख्यौँ त्यो अवस्थाबाट अब स्थीरतातर्फ जादैगर्दा केही राजनीतिक घटनाक्रम विकसित भएका छन् । यस अवस्थामा यो एआईको जमानामा मिडियामा छुट्टै ढंगले पनि जानसक्छ । यसतर्फ सचेत हुन पनि हामी अनुरोध गर्न चाहान्छौँ । हामी राजनीतिक विषयमा प्रवेश गर्दैनौँ । हामी हाम्रो प्रशासनिक पेशागत भावअनुसार अगाडि बढ्छौँ । हिजोको घटनामा केही झडपहरु भएका छन् । हाम्रोतर्फत सबै क्षेत्रमा के भइरहेको छ भने फिल्डबाट हामी आएका हौँ । हामी सुरक्षाकर्मीहरुलाई पनि आफ्नो कर्तव्य संयमित भएर निर्वाह गर्न भनेका छौँ । केही हर्कतहरु हिजो भएका छन् । ती सबैलाई कानूनी दायरमा ल्याउँछौँ ।’

पार्टीको शनिबार बसेको सचिवालय बैठकको निर्णय बमोजिम एमालेले जिल्ला प्रशासन कार्यालयमा विरोधत्र पत्र बुझाएको थियो ।

विरोधपत्रमा संविधान, मानवअधिकार र विधिको शासनविपरीत गरिएका कदम तत्काल सच्याउँदै ओलीसहित सबैलाई सम्मानजनक व्यवहार सुनिश्चित गर्न माग गरेको छ ।

प्रकाशित मिति २०८२ चैत १५ गते आइतबार ०३:३४
हजुरको प्रतिक्रिया