२०८३ असोज २४ गते शनिबार

भदौ २४ गतेको घटनाका धेरै पक्राउ परिसकेका छन्- प्रवक्ता पाेखरेल

भदौ २४ गतेको घटनाका धेरै पक्राउ परिसकेका छन्- प्रवक्ता पाेखरेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत १६ गते सोमबार ०६:१३

काठमाडौं । सरकारले भदौ २३ र २४ गतेको प्रतिवेदनको कार्यान्वयन कानुनसम्मत भएको बताएको छ । सोमबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नेक्रममा पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मीत पोखरेलले यस्तो बताएका हुन्...

काठमाडौं ।
सरकारले भदौ २३ र २४ गतेको प्रतिवेदनको कार्यान्वयन कानुनसम्मत भएको बताएको छ । सोमबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नेक्रममा पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मीत पोखरेलले यस्तो बताएका हुन् ।

‘भदौ २४ गतेको घटनाको कुरा आइरहेको छ । यस दिनको घटनाको धेरै पक्राउ परिसकेको अवस्था छ । धेरैलाई मुद्दा चलिसकेको छ,’ उनले भने, ‘२३ गतेको घटनाको कोही पनि पक्राउ परेका थिएनन् । हामीले प्रतिवेदनअनुसार कार्यान्वयन गरेका हौं । राज्यका निकाय र अंगले गर्ने कामहरू कानुनसम्मत हुन्छन् हामी हस्तक्षेप गर्दैनौं ।’

उनले २४ गतेको घटनाको जाँचबुझ गर्न छुट्टै समिति बनाउने विषयमा कानुनी परामर्श भइरहेको पनि बताए । उनले भने, ‘जाँचबुझ गर्न समिति गठन प्रक्रिया अघि बढिसकेको छ । कुन ढंगको गर्ने, कसरी गर्ने भन्नेबारे कानुनी परामर्शमा अघि बढेको छ ।’

पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउका विषयमा पत्रकारहरूले साेधेकाे प्रश्नमा प्रवक्ता पाेखरेलले सवै कानुनसम्मत भएकाे र सरकारले कसैसँग प्रतिशाेध नराखेकाे बताए ।

प्रकाशित मिति २०८२ चैत १६ गते सोमबार ०६:१३
हजुरको प्रतिक्रिया