२०८३ साउन २१ गते बिहीबार

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढ्छः प्रधानमन्त्री साह

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढ्छः प्रधानमन्त्री साह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत १७ गते मंगलबार ०३:१६

पोखरा । प्रधानमन्त्री बालेन्द्र साहले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । सुदुरपश्चिम प्रदेशका सांसदहरुसँग सामूहिक भेट गरी साहले सो प्रतिवद्धता व्यक्त गरेका...

पोखरा ।

प्रधानमन्त्री बालेन्द्र साहले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । सुदुरपश्चिम प्रदेशका सांसदहरुसँग सामूहिक भेट गरी साहले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री साहले सो विश्वविद्यालय अघि बढाउनका लागि आवश्यक बजेट तत्काल निकासा गराउने समेत बताएको भेटमा सहभागी कञ्चनपुर क्षेत्र नम्बर १ का सांसद जनकसिंह धामीले जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्री साहले चालु आर्थिक वर्षको बजेट सीमित भएकाले त्यसले धान्नेगरी तत्काल गर्नुपर्ने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने समेत बताए ।

आफूहरुले प्रधानमन्त्रीलाई भारतसँगको सीमा क्षेत्रको व्यवस्थापन, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रका अति आवश्यक विषयहरुको बारेमा पनि जानकारी गराएको सांसद धामीले बताए ।

बैठकमा प्रधानमन्त्री साहले गोकुलेश्वर विमानस्थल सञ्चालनको कामलाई पनि द्रुत गतिमा अघि बढाउने आश्वासन दिए ।

प्रधानमन्त्री साहले विकास निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउनका सांसदहरुसँगका भेटवार्तालाई निरन्तरता दिएका छन् ।

प्रकाशित मिति २०८२ चैत १७ गते मंगलबार ०३:१६
हजुरको प्रतिक्रिया