२०८३ असोज २४ गते शनिबार

उपसभामुख पदमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी

उपसभामुख पदमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत २६ गते बिहीबार ०२:१५

सभाको सभामुख रास्वपाबाट भएको कारण संवैधानिक व्यवस्थाअनुसार फरक दल र लिंगको व्यक्ति उपसभामुख हुनुपर्ने व्यवस्था छ ।
ओलीले आफूले उपसभामुख पद लिन नचाहेकै कारण पार्टीले लामालाई अघि सारेको जिकिर समेत गरिन् ।

पोखरा ।

प्रतिनिधि सभाको उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामाले उम्मेदवारी दर्ता गरेकी छिन् ।

समानुपातिक सांसद लामाले बिहीबार तोकिएको समयभित्र उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा नै उम्मेदवारी दर्ता गएको राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले जानकारी दिइन् ।

सभाको सभामुख रास्वपाबाट भएको कारण संवैधानिक व्यवस्थाअनुसार फरक दल र लिंगको व्यक्ति उपसभामुख हुनुपर्ने व्यवस्था छ ।

ओलीले आफूले उपसभामुख पद लिन नचाहेकै कारण पार्टीले लामालाई अघि सारेको जिकिर समेत गरिन् ।

उनले भनिन्, ‘हामीले उपसभामुखमा उम्मेदवारी दिएका छौँ । रास्वपाको समर्थनमै उम्मेदवारी दिएका हौँ । डेमोक्र्याटिक प्र्याक्टिस हो सबैले दाबी गर्न पाइहाल्नुहुन्छ । धेरै ठाउँमा उपसभामुखमा मेरो चर्चा भइरहेको भएपनि मैले यो पद लिने पक्षमा आफू नभएको भनिरहेको थिएँ । मैले हिजै पनि अध्यक्षज्यूलाई भेटेर म यो पद लिन्नँ भनिसकेको थिएँ ।’

उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ

प्रकाशित मिति २०८२ चैत २६ गते बिहीबार ०२:१५
हजुरको प्रतिक्रिया