२०८३ असोज २४ गते शनिबार

प्रतिनिधि सभा उपसभामुखको चुनाव आज

प्रतिनिधि सभा उपसभामुखको चुनाव आज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत २७ गते शुक्रबार ०१:००

२६ वर्षीया रुबीलाई सत्तारुढ रास्वपासहित कांग्रेस, एमाले र नेकपाको पनि समर्थन रहेका कारण उनी निर्वाचित हुने पक्का भएको छ ।

पोखरा ।

प्रतिनिधि सभाको उपसभामुख पदका लागि आज चुनाव हुँदैछ ।

संसद भवनमा दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख चयनको प्रक्रिया अघि बढ्ने कार्यसूची छ ।

उपसभामुखको लागि राप्रपाको तर्फबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीको तर्फबाट रुबी कुमारी ठाकुरको उम्मेदवारी परेको छ ।

२६ वर्षीया रुबीलाई सत्तारुढ रास्वपासहित कांग्रेस, एमाले र नेकपाको पनि समर्थन रहेका कारण उनी निर्वाचित हुने पक्का भएको छ ।

यसअघि निर्णायक रास्वपासँग श्रम संस्कृति र राप्रपाले उपसभामुखमा सघाउन आग्रह गरेका थिए ।

रास्वपाले सघाउने वचन पाएपछि राप्रपाले उम्मेदवारी दिएको हो । तर अन्तिममा रास्वपाले श्रम संस्कृतिकी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ ।

रुबी निर्वाचित भएसँगै नेपाली संसद्ले इतिहासकै कान्छी उपसभामुख पाउने भएको छ ।

सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । सभामुखमा रास्वपाका डिपी अर्याल यसअघि नै निर्विरोध निर्वाचित भैसकेका छन् ।

 

प्रकाशित मिति २०८२ चैत २७ गते शुक्रबार ०१:००
हजुरको प्रतिक्रिया